शहिदनगरमा यदुकूहा बजारको सौन्दर्यीकरण र कालोपत्रे सडकको मेयर यादव गरे शिलान्यास
नगरपालिकाको आर्थिक लगानीमा सो क्षेत्रको चर्चित रहेको यदुकूहा बजारमा स्थानीय किसान, व्यापारी, व्यावसायीसहित उपभोक्तालाई व्यवस्थित गर्नको लागि बजार सौन्दर्यीकरण गर्न लागेको बताएका छन् ।

२०७९ फागुन १८ बिहीबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले यदुकूहाको मुख्य बजारलाई सौन्दर्यीकरणको लागि विहिबार शिलान्यास गरेका छन् ।
नगरपालिकाको आर्थिक लगानीमा सो क्षेत्रको चर्चित रहेको यदुकूहा बजारमा स्थानीय किसान, व्यापारी, व्यावसायीसहित उपभोक्तालाई व्यवस्थित गर्नको लागि बजार सौन्दर्यीकरण गर्न लागेको बताएका छन् ।
विहिबार बजार सौन्दर्यीकरणको लागि शिलान्यास गरेका मेयर यादवले यदुकूहादेखि डुमरियाचोकसम्मको कालोपत्रे सडक निर्माणलाई समेत शिलान्यास गरेका हुन् ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज दासको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यमा बजार सौन्दर्यीकरण र कालोपत्रे सडकको शिलान्यास गरिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…