डाक्टरको कर्तुतः सरकारीबाट रिफर गरी नीजि क्लीनिकमा पठाएर हजारौँको बिल, बन्धकमा सीतादेवी
प्रादेशिक अस्पताल नजिकै रहेको कामना नर्सिँग होममा समेत कार्यतर डाक्टर शैलेन्द्र चौधरीले सीतादेवीलाई उठीवास गराइदिएको छ । प्रादेशिक अस्पतालमै सीतादेवीको प्रसुति गर्दा उनले सबै सुविधासहित उल्टै रकम पाउने थिइन तर, दलालको फन्दामा परेर उनले बन्धक बन्नु परेको छ ।

२०७९ फागुन १४ आइतबार, दिउँसो २:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, लहान । सिरहाको लहानस्थित रहेको सुविधायुक्त सरकारी अस्पतालका एक डाक्टरले एक गरिबलाई बन्धक बनाउन बाध्य बनाएका छन् ।
लहानस्थित रहेको प्रादेशिक अस्पतालमा कार्यरत डा. शैलेन्द्र चौधरीले अस्पतालमा प्रसुति गराउन आएकी एक महिलालाई आफू काम गर्ने एक नीजि क्लीनिकमा पठाउन लगाएर बन्धक बनाउन बाध्य पारेको आरोप लगाइएको छ ।
गत फागुन ८ गते लहान नगरपालिका वडा नम्बर २३ बस्ने ईन्दल पालकी श्रीमति सीता देवी पालले प्रसुति गराउन प्रादेशिक अस्पताल लहान पुगेकी थिइन् । व्यथा लागेकी सीता देवीलाई ड्युटीमा रहेका डाक्टर शैलेन्द्र चौधरीले त्यहाँबाट बिना कारण रिफर गरिदिए ।
प्रादेशिक अस्पताल परिसरमै खटाइएका बिचौलिया दलालले सीतादेवीलाई डा. शैलेन्द्र चौधरी काम गर्ने नीजि क्लीनिकमै लैजान बाध्य बनाए । सीता देवीलाई सो क्लीनिकमा पनि डा. शैलेन्द्र आफैँ पुगेर शल्यक्रिया गरी प्रसुति गराए ।
दोस्रो सन्तान जन्माउन सरकारी अस्पताल पुगेकी सीतादेवी पालले डाक्टर र दलालको चक्करमा परेर अहिले सोही क्लीनिकमा बन्धक बनेकी हुन् । प्रादेशिक अस्पताल लहानमा सबै सुविधा हुँदाहुँदै डा. शैलेन्द्र चौधरीले सीतादेवीबाट रकम असुल्न मात्र आफू काम गर्ने प्राईभेट क्लीनिकमा गैर–कानुनी रिफर गरेको आरोप सीतादेवीले लगाएकी हुन् ।
उनले सोही अस्पतालमा उही डाक्टरले चिकित्सक अभावको कारण देखाउँदै रिफर गरेपनि रिफर गरेर क्लीनिकमा आई शल्यक्रिया गरेको बताइएको छ । शल्यक्रियाको ५० हजार रुपैयाँ बिल काटेपछि सीतादेवी क्लीनिकमै बन्धक बन्नुपरेको छ ।
लहानस्थित रहेको कामना नर्सिङ होममा दलाल मार्फत प्रसुती गराउन पुगेकी सीतादेवी अहिले पैसा नभएर बन्धक बन्नुपरेको बताइएको छ ।
प्रादेशिक अस्पताल नजिकै रहेको कामना नर्सिँग होममा समेत कार्यतर डाक्टर शैलेन्द्र चौधरीले सीतादेवीलाई उठीवास गराइदिएको छ । प्रादेशिक अस्पतालमै सीतादेवीको प्रसुति गर्दा उनले सबै सुविधासहित उल्टै रकम पाउने थिइन तर, दलालको फन्दामा परेर उनले बन्धक बन्नु परेको छ ।
दुई छाक खानाको समस्या टार्न नसक्ने पालको हाथमा बिल आउँदा सीतादेवीका श्रीमान इन्दल पाल छाँगाबाट खसेझैँ महसुस गरे । गह भरी आँसु झार्दै ब्याथामा डुबेका पत्नी र चार दिनको बच्चालाई छोडेर पाल पैसाको जोहोर गर्दै अहिले भौतारिदै छन।
ऋण खोज्दै कैयौं ढोका ढक ढकाई सकेका छन तर, कहिँ कतैबाट रकम व्यवस्था भएको छैन। पालले सम्बन्धित निकाय, सहयोगी हातहरुलाई समेत सहयोगको लागि आग्रह गरेकी हुन् ।
चिकित्सकै यस्तो प्रवृतिप्रति समाजिक सँजालमा कडा आलोचनाको साथै प्रादेशिक अस्पताल लहानको व्यवस्थाप्रति समेत प्रश्न चिन्ह खडा भएको छ । डाक्टर चौधरीलाई कारवाहीको माग पनि गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…