अब मधेश प्रदेशमै खुल्यो मेनपावर कम्पनी, वैदेशिक रोजगारीमा जानेलाई सहज
कार्यक्रम प्रदेश संसद एवं नेपाली काङ्ग्रेसका प्रदेश अध्यक्ष कृष्ण यादब ,प्रदेश संसद एवं जिल्ला सभापति सुनिल यादब “जितेन्द्र ” रौतहट विभिन्न स्थानीय तहको प्रमुख ,उप(प्रमुख ,पुर्व प्रमुख ,विभिन्न पार्टीका प्रतिनिधि ,सुरक्षाकर्मी ,पत्रकार उधोगी एवं स्थानीय प्रबुद्ध बर्गको बाक्लो उपस्थिति रहेको थियो।

२०७९ फागुन १२ शुक्रबार, राति ८:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सहजता हेतु रौतहटमै मेन पावर कम्पनी स्थापना गरिएको छ ।
रौतहटको गरुडा नगरपालिका वडा न ६ शिवनगरमा एक म्यान पावर कम्पनीको रौतहट गरुडा शाखा सञ्चालनमा आएको हो।
शुक्रबार एक समारोहका बिच रौतहटका समाजसेवि एवं युवा नेता मो। जमशेदले खोजी रिक्रुमेन्ट सर्भिस प्रा. लि. रौतहट गरुडा शाखाको उदघाटन गरेका हुन् । प्रमुख अतिथी जमसेदले यस शाखाले ईमन्दारीपुर्वक काम गर्ने भन्ने कुरामा आफ्नो बिश्वास रहेको बताएका छन् ।
उहाँले आर्थिक आर्जन गर्न उदेश्यले बिदेश जाने जो कोहीले भनेको र ईच्क्षा ,चाहना एवं सम्झौता बमोजिम कामको लागि यो मेन पावरले कहि कतै ढिलासुस्ती नगर्ने र गर्न नहुने पनि बताएका छन् ।
बिशिस्ट अतिथी एवं ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले शाखाको म्यानेजर तुलसि जयसवाल गरुडा नगरपालिका को पुर्व उप(प्रमुख रंगिला देबी जयसवालको सुपुत्र रहेकोले आफ्नो आमाको मान प्रतिस्ठालाई झन उचाईमा पुर्याउने उदेश्यका साथ सेवाग्राहीको सेवामा कुनै कमि आउन नदिन आग्रह गर्नु भएका थिए ।
नायब उपरिक्षक कामतिले धेरै म्यानपावर कम्पनीले विभिन्न लापरबाही गरेको स्मरण गराउदै उप(प्रमुखको छोराले संचालनमा ल्याएको कम्पनीको सेवा अरु भन्दा निकै भरपर्दो र बिश्वसनिय हुने पर्ने कुरामा जोड दिनु भएका थिए।
उदघाट्न कार्यक्रमको सम्बोधन गर्दै गरुडा नपाको पुर्व उप(प्रमुख रंगीला देबी जयसवालले खोजी रिक्रुमेन्ट सर्भिस प्रा. लि. गरुडा रौतहटले बिदेश जाने ईक्छुकले सोचेको कामको लागि बिदेश पठाउने देखि अचानक केही भए उसको लागतको ग्यारेन्टी हामी भएको बताएकी छन् ।
जयसवालले बिदेश जाने ब्यक्ती र उहाँको परिवारको दुःख सुखमा हामी रहने छौ ,यसमा कुनै दायाँबायाँ नहुने प्रतिबद्धता जाहेर समेत गरेकि छन् ।

म्यानपावरले ईमन्दारी पुर्वक आफ्नो भुमिका निर्वाह गर्ने र देशको बेरोजगारी समस्याको हल गर्न,बिदेश जाने इक्छुक संग हुने ठगि न्यूनीकरण गर्न ,सोचेको कामको सुनिश्चितता लागि मेन पावर संचालनमा ल्याएको संचालक एवं रौतहट शाखा प्रमुख तुलसि जयसवालले बताउनु भएको छ।
कार्यक्रम प्रदेश संसद एवं नेपाली काङ्ग्रेसका प्रदेश अध्यक्ष कृष्ण यादब ,प्रदेश संसद एवं जिल्ला सभापति सुनिल यादब “जितेन्द्र ” रौतहट विभिन्न स्थानीय तहको प्रमुख ,उप(प्रमुख ,पुर्व प्रमुख ,विभिन्न पार्टीका प्रतिनिधि ,सुरक्षाकर्मी ,पत्रकार उधोगी एवं स्थानीय प्रबुद्ध बर्गको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सन्चालन रौतहटको चर्चित युवा समाजसेबी राजकुमार दास तत्माले गर्नु भएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…