महोत्तरीको मटिहानी नगरपालिकामा भोली सार्वजनिक विदाको घोषणा
मटिहानी नगरपालिका अन्तर्गतको कार्यालयहरुमा भोली परिक्रमाको धार्मिक लस्करलाई स्वागतको लागि सार्वजनिक विदा दिएको हो । परिक्रमाको लस्कर चौथो दिन मटिहानी मठ पुग्ने भएको छ ।

२०७९ फागुन १० बुधबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले भोली विहिबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
मधेशको ऐतिहासिक एवम् विश्वकै सबभन्दा लामो धार्मिक पदयात्रा १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर विहिबार मटिहानी पुग्ने भएपछि एक दिने सार्वजनिक विदा दिने भएको हो ।
मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले बुधबार एक सूचना जारी गर्दै परिक्रमाको धार्मिक लस्कर विहिबार विहानै मटिहानी पुग्ने भएपछि सरकारी कार्यालयहरु सार्वजनिक विदा दिने भएको छ ।
मटिहानी नगरपालिका अन्तर्गतको कार्यालयहरुमा भोली परिक्रमाको धार्मिक लस्करलाई स्वागतको लागि सार्वजनिक विदा दिएको हो । परिक्रमाको लस्कर चौथो दिन मटिहानी मठ पुग्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…