लघुवित्त समाजिक बैँकिँगको रुपमा हुनुपर्छ :अधिकृत यादव
आर्थिक सवलता ,स्वरोजगार ,जिवनयापनको प्रयास ,आर्थिक उन्नतिको प्रमुख माध्यम ग्रामिण भेगमा लघुबित बित्तिय संस्था रहेको र यसमा जोडिएर आर्थिक सबल भएर देशको आर्थिक अवस्थालाइ समेत सहयोग पुगिन सक्ने विदेह नगरपालिका उप प्रमुख आशा देबी झाले धारणा राखिन् ।

२०७९ फागुन १० बुधबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको तिनकोरियास्थित रहेको नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको वित्तिय साक्षरतामा अनुगमन अधिकृत आसाराम यादवले लघुवित्त समाजिक बैँकिँगको रुपमा हुनुपर्ने बताएका छन् ।
सँस्थाले विदेह नगरपालिकामा समूह अध्यक्षहरुको कार्यशाला गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम गरी सो क्रममा अधिकृत यादवले लघवित्त जनताको हितकै लागि हुनुपर्ने बताए । नाफाभन्दा पनि समाजिक कार्यको लागि लघुवित्तले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मंगलबार धनुषाको विदेह नगरपालिकाको तिनकौरीया स्थित आयोजित उक्त कार्यक्रमबिच समूह अध्यक्षहरुको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने उनले बताए ।
उनले सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्था नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ले विदेह नगरपालिका भित्रका समूह अध्यक्षहरुलाइ लघुबित्तको कार्य कर्जा र बचत मात्र नभइ क ख ग बर्गको बैंकिङ्ग कारोबार भन्दा फरक चिज रहेकोले यसलाइ समाजिक बैंकिङ्ग भएको यादवले थपे ।
भविष्यमा सन्तानको शिक्षा ,स्वरोजगारीलाई ग्राहयता दिन र नेशनल फाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था रहेको तथा सेवाग्राही बिच पुर्ण पार्दशिता राख्दै आएको तिनकौरिया शाखा प्रवन्धक संजय यादबले जनाए।
आर्थिक सवलता ,स्वरोजगार ,जिवनयापनको प्रयास ,आर्थिक उन्नतिको प्रमुख माध्यम ग्रामिण भेगमा लघुबित बित्तिय संस्था रहेको र यसमा जोडिएर आर्थिक सबल भएर देशको आर्थिक अवस्थालाइ समेत सहयोग पुगिन सक्ने विदेह नगरपालिका उप प्रमुख आशा देबी झाले धारणा राखिन् ।
साक्षरता कार्यक्रममा विदेह नगरपालिकाका प्रत्यासी मेयरका उम्मेदवार राकिशोर यादव, समाजसेवी, पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…