आइसिसी विश्वकप लिग–२ : नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै
न्यूज ब्यूरो, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपालले स्कटल्याण्डविरुद्ध पहिलो बलिङ गर्दैछ । क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बल

२०७९ फागुन ९ मंगलबार, बिहान ९:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपालले स्कटल्याण्डविरुद्ध पहिलो बलिङ गर्दैछ ।
क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।
यस श्रृखलमा नेपालले यस अघिका लगातार तीन खेल जितीसकेको छ ।नेपालले नामिबियालाई दुई पटक र स्कटल्याण्डलाई एक चोटी जितेको छ ।
प्रतियोगिताको उपाधी जितीसकेको स्कटल्यान्डलाई यस श्रृखलामा दोश्रो पटक हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने सोचमा नेपाल रहेको छ ।
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।
हेड टे हेड
एकदिवसीयमा नेपाल र स्कटल्यान्डबीच पाँच खेल भएका छन् । जसमा तीन खेलमा स्कटल्यान्ड र दुई खेलमा नेपाल विजयी भएको छ । नेपालले पहिला ब्याटिङ गरेको तीनै खेलमा हारेको छ । लक्ष्य पछ्याउँदा दुबै खेलमा नेपाल विजयी भएको छ । यस सिरिजमा पनि नेपालले तीनै खेल लक्ष्य पछ्याउँदा जितेको छ । आजको खेलमा टस निर्णायक बन्नसक्छ ।
अंक तालिका
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…