'लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैँकमा उजुरी गर्नुस'
‘लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने, गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन ।’

२०७९ फागुन ८ सोमबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । लघुवित्त कम्पनीहरुले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरिएको छ ।
राष्ट्र बैँकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले १५ प्रतिशतभन्दा अधिक ब्याज मागे राष्ट्रबैँकमा उजुरी गर्न आग्रह गरेका हुन् । उजुरी आइसकेपछि १५ प्रतिशतभन्दा धेरै ब्याज लिएको पाइएमा राष्ट्र बैंकले कारबाही गर्ने उनले बताए ।
सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको 'संकटमा लघुवित्त, कारण र समाधानु विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक नेपालले भने ‘कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् । हामी त्यसलाई तत्काल कारबाही गर्छौं । लघुवित्तका समस्या समाधान गरी परिमार्जन गर्दै जानुपर्छ, बन्द गर्ने कुरा सोच्नु हुँदैन ।’
लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै उनले सम्बन्धित संस्थाले नै हेर्नुपर्ने बताए ।
उनले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे पनि धेरै समस्या समाधान हुने दाबी गरे । स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको उनले बताए ।
‘लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने, गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन ।’
कतिपय लघुवित्तहरुले धेरै राम्रो काम गरेको उदाहरण रहेको भन्दै उनले सबैलाई एउटै समूहमा हाल्न नमिल्ने टिप्पणी गरे । कान्तिपुर अनलाइनमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…