मधेशका मुख्यमन्त्री यादव भन्छन्- 'मिथिला परिक्रमाको बारेमा थाहा थिएन'
उनले प्रधानमन्त्री प्रचण्डलाई समेत खडो भाषामा सम्बोधन गरे । उनले प्रधानमन्त्रीलाई मात्र “प्रचण्ड” भनेर सम्बोधन गरेका थिए । देशको प्रधानमन्त्रीलाई एक मुख्यमन्त्रीले आदर नगरेको भन्दै सर्वसाधारणहरुले पनि मुख्यमन्त्री यादवको केही बेर खिल्ली उडाए । सहभागीहरुले मुख्यमन्त्री यादवलाई बोल्ने तमिज समेत नभएको भनेर प्रतिक्रिया जनाए ।

२०७९ फागुन ८ सोमबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वकै सबभन्दा लामो र ठुलो पदयात्रा मानिएको मधेश–मिथिलाको १५ दिने माध्यमिकी परिक्रमा आजबाट विधिवत सुरु भएको छ ।
१५ दिनसम्म पदयात्रा गर्ने श्रद्धालुहरु आज धनुषाको मिथिलाबिहारी मन्दिरबाट पदयात्रा सुरु गरेको छ । नेपाल र भारतको १२० किलोमिटरको यात्रा १५ दिनमा तय गर्ने भएकोले यो विश्वको सबभन्दा ठुलो पदयात्रा मानिएको छ ।
मिथिलाबिहारीको डोला उठाउन कचुरी पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई डोलाको बारेमा थाहा नरहेको बताएका छन् । डोला उठाउनुभन्दा अगाडी मँचमा भाषण ठोक्दै मुख्यमन्त्री यादवले मिथिला परिक्रमाको बारेमा आफूलाई थाहा नभएको बताएका छन् ।
उनले भने–“म पहिलो पटक यहाँ डोला उठाउन आएको छु, मलाई यो भन्दा अगाडी यो डोलाको बारेमा थाहा थिएन् ।” ज्ञातव्य छ, मिथिला माध्यमिकी परिक्रमा देशको गौरव र मधेशको धार्मिक पहिचान मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई समेत टिकाइराखेको सबभन्दा ठुलो धर्म यात्रा रहेको छ ।
उनले प्रधानमन्त्री प्रचण्डलाई समेत खडो भाषामा सम्बोधन गरे । उनले प्रधानमन्त्रीलाई मात्र “प्रचण्ड” भनेर सम्बोधन गरेका थिए । देशको प्रधानमन्त्रीलाई एक मुख्यमन्त्रीले आदर नगरेको भन्दै सर्वसाधारणहरुले पनि मुख्यमन्त्री यादवको केही बेर खिल्ली उडाए । सहभागीहरुले मुख्यमन्त्री यादवलाई बोल्ने तमिज समेत नभएको भनेर प्रतिक्रिया जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…