पर्यावरण अभियानी दिलिप हत्या काण्डमा अदालतबाट तीन जना दोषी ठहर
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ९दिलीप० को २०७६ पुस २५ गते आफ्नै गाउँको पूर्वपट्टीको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा एक्का विहानै निर्मम तरिकाले हत्या गरिएको थियो ।

२०७९ फागुन ३ बुधबार, राति १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण अभियानी भनिएका धनुषा दिलिप महतोको हत्या प्रकरणमा तीन जनालाई दोषी ठहर गरिएको छ ।
धनुषाको औरही खोलामा क्रसर व्यवसायीले गर्दै आएको अवैध उत्खनन् रोक्न खोज्दा दिलिपको हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले ३ जनालाई दोषी ठहर गरेको हो ।
विपिन कुमार महतो, मुनिन्द्र महतो र जितेन्द्र कुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले तीनैजनालाई दोषी ठहर गरेको हो । मिथिला नगरपालिकको औरही खोलामा अवैध उत्खनन् रोक्न खोज्दा दिलीपलाई हत्या गरेको आरोपमा तीनैजनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा दोषी ठहर गरेको छ । उनीहरू विरुद्धको सजाय भने अदालतले तोक्न बाँकी छ ।
दोषी ठहर गरिएकाहरुलाई कति सजाय दिइने विषयमा न्यायधिश गुरुङले आगामी फागुन १२ गते निर्धारण गर्ने बताइएको छ । उहाँका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजिवन कैदको सजाय हुनसक्छ ।
यता दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई भने सफाइ दिइएको श्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभयो । अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताउनुभयो ।
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते आफ्नै गाउँको पूर्वपट्टीको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा एक्का विहानै निर्मम तरिकाले हत्या गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…