मिसन उमेश : उमेश बचाउको लागि मलेसियाबाट ७७ हजार सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, २३ बैशाख । उमेश बचाउकोलागि अपिल गरिएको माफीनामा वापतको रकममा मलेसियाबाट युवाहरुको एक समूहले ७७ हजार बढी सहयोग गरेका छन् । विगत १२ वर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा कैदी जीवन विताइरहेका धनुषाका उमेश यादवलाई सउदी अदालतले मृत्यूदण्ड सुनाएको छ । मृत्यूदण्ड सुनाएपछि बचाउनको ल

२०७५ बैशाख २३ आइतबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २३ बैशाख । उमेश बचाउकोलागि अपिल गरिएको माफीनामा वापतको रकममा मलेसियाबाट युवाहरुको एक समूहले ७७ हजार बढी सहयोग गरेका छन् ।
विगत १२ वर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा कैदी जीवन विताइरहेका धनुषाका उमेश यादवलाई सउदी अदालतले मृत्यूदण्ड सुनाएको छ ।
मृत्यूदण्ड सुनाएपछि बचाउनको लागि माफीनामा पत्र मात्र विकल्प रहेको भन्दै पीडित पाकिस्तानी परिवारले माफीनामा पत्र वापत ३० लाख रुपैयाँ नेपाली माग गरेपछि सहयोग राशीको लागि अपिल गरिएको हो ।
नेपालबाट ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले सहजकर्ताको भूमिका निर्वाह गर्दै दुर्घटनावंश मृत्यू भएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारसँग भेटघाट गर्दै माफीनामाको लागि सहमति गरेको तथा माफीनामा वापतको लागि चाहिने रकमको लागि अपिल समेत गरिएको हो ।
उमेशको माफीनामा पत्रको लागि समय सीमा कम भएकोले सहयोकर्ताहरुमा आर्थिक सहयोगको लागि तीव्रता देखाउन अपिल गरिएको छ ।
यसैबीच, मलेसियाको जोहर बाहरु स्थित फलेक्स कम्पनीमा कार्यरत मधेसी मूलका नेपाली युवाहरुले एक एक रुपैयाँ जम्मा गरी उमेशको सहयोग स्वरुप ७७ हजार ५ सय ८१ रुपैयाँ ग्राविँग नेपाल फाउण्डेशनको बैँक खातामा जम्मा गरेका हुन् ।

यता, अहिलेसम्म कति सहयोग राशी संकलन भएको तथा खाँचो कतिको रहेको छ भन्ने बारे कुनै जानकारी फाउण्डेशनका अध्यक्ष रायले दिएका छैनन् ।
सहयोगको लागि बैँक खाता जारी गर्दै दिनहुँ बैँक स्टेटमेन्ट गुगल डाक्स मार्फत सार्वजनिक गर्ने भनिएपनि हालसम्म पार्दर्शी नगरिएकोले संकलन कार्यमा समेत अवरोध पैदा भएको छ ।
उमेश बचाउको लागि चाहिएको रकम बुझाउने समय सीमाको मात्र ८ दिन बाँकी रहेको छ ।
विभिन्न देशमा रहेका नेपालीहरु सहित स्वदेशबाटै पनि उमेश बचाउको लागि सहयोग राशी फाउण्डेशनको बैँक खातामा जम्मा गर्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…