एनएमबी लघुवित्त कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न
यस श्रृखला सफल पार्नकोलागि पहिलो चरणमा बित्तीय संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई यस श्रृखला अन्र्तगतका कर्जाहरुको बिषयमा तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागु गरेर किसानहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने गरी बित्तीय सेवा प्रदान गरेको बित्तीय संस्थाले आगामी व्यापार रणनीति लिएको छ ।

२०७९ फागुन ३ बुधबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिबास । एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडले कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडले शाखा संचालन,सम्पति शुद्धिकरण निवारण र व्यापार रणनीति व्यवस्थापनको बिषयमा दुई दिने तालिम सम्पन्न गरेको हो ।
बित्तीय संस्थाबाट कर्जा लिएकै कारण किसानहरु थप गरिब हुन नहुने नारा सहित ल्याएको एनएमबि लघुबित्त किसान श्रृखला अर्न्तगतका ६ वटा नँया कर्जाहरु किसान आत्मनिर्भर कर्जा,किसान स्वाभिमान कर्जा,किसान कृर्षि पूर्वाधार निर्माण कर्जा,किसान पुर्नउत्थान कर्जा,किसान वातावरण संरक्षण कर्जा र किसान आकस्मिक कर्जा वर्तमान समय सुहाउदो र बजारको मागलाई ध्यानमा राखेर यो योजना ल्याएको बताइएको छ ।
यस श्रृखला सफल पार्नकोलागि पहिलो चरणमा बित्तीय संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई यस श्रृखला अन्र्तगतका कर्जाहरुको बिषयमा तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागु गरेर किसानहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने गरी बित्तीय सेवा प्रदान गरेको बित्तीय संस्थाले आगामी व्यापार रणनीति लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…