जनकपुरमा साहित्य वक्तृत्वकलाको लागि उत्कृष्ट ५ छात्र / छात्रा छनौट
छनौटको त्रममा मदर टेरेसा पब्लिक स्कलकी राखी ठाकुरले ४२१ अँक, डेफोडिल्स पब्लिक स्कूलकी अभिप्सा झा ४११ अँक, अंजन ठाकुर ३९२.५ अंक, मिट स्कूलकी अनिशा कुमारीले ३८७ अँक र जनकपुर पब्लिक स्कूलककी अंजली कुमारी यादवले ३८४.५ अंक ल्याएकी हुन् ।

२०७९ फागुन १ सोमबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको लागि तयारी जोडतोडले चलिरहेको छ । सोही क्रममा वक्तृत्वकला प्रतियोगिताको लागि उत्कृष्ट ५ छात्र / छात्रा छनौट गरिएको छ ।
उत्कृष्ट पांच छात्र / छात्रा विच फाइनल प्रतिस्पर्धा जनकपूर साहित्य महोत्सव २०७९ को मुख्य आयोजन जानकी मन्दिर प्रांगणमा हुने छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा सोमबार (आज) सम्पन्न पहिलो चरणको छनौटका लागि पाँच जना निर्णायक मंडलले उनीहरुलाई छनौट गरेको हो ।
जसमा जनकपूरधाम उप महानगर पालिकाका शिक्षा शाखा प्रमुख मेहीलाल लाल यादव , जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीष रमन साह, संचारकर्मी घनश्याम मिश्र, महिला नेतृ रुणा झा र रेणुका जीसी रहेका थिए ।
वक्तृत्वकलामा आज सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा सहभागी ५४ जना मध्ये उत्कृष्ठ ५ छनौट गरिएको हो । छनौटको लागि कुल ५०० मार्क (पूर्णाँक) राखिएको थियो ।
छनौटको त्रममा मदर टेरेसा पब्लिक स्कलकी राखी ठाकुरले ४२१ अँक, डेफोडिल्स पब्लिक स्कूलकी अभिप्सा झा ४११ अँक, अंजन ठाकुर ३९२.५ अंक, मिट स्कूलकी अनिशा कुमारीले ३८७ अँक र जनकपुर पब्लिक स्कूलककी अंजली कुमारी यादवले ३८४.५ अंक ल्याएकी हुन् ।
भोली पुनः विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने छ । प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका ५० बढ़ी छात्र छात्रा सहभागी हुने आयोजकले जानकारी दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…