मधेश प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष यादवको पत्रकार हकहितमा यी २५ कार्य
न्यूज ब्यूरो, जनकपुरधाम । आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो दुई वर्ष कार्यकालमा गरेका कार्यहरु सार्वजनिक गरेका छन् । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ माघ २३ गते बसेको मन्त्री परिषद्को बैठकक

२०७९ माघ २९ आइतबार, राति ८:५१ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो दुई वर्ष कार्यकालमा गरेका कार्यहरु सार्वजनिक गरेका छन् ।
मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ माघ २३ गते बसेको मन्त्री परिषद्को बैठकको निर्णयबाट प्राधिकरणको अध्यक्षमा यादवले नियुक्ती पाएका थिए । यादवले दुई वर्षमा गरेका २५ वटा कार्यहरु आइतवार सार्वजनिक गरेका हुन् ।
प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ मन्त्री परिषद्बाट पारित गराउन सफल भएका छन् । दुवै कार्यविधिहरु हाल कार्यान्वयनमा आईसकेको जनाइएको छ ।
कार्यविधि अनुसार अत्यन्त कम समयका बावजुद पनि मधेश प्रदेशका केही बाहेक एफ.एम. रेडियो र टेलिभिजनहरुले लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी पाईसकेको र भुक्तानी हुन बाँकी पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरुको भुक्तानीका लागि प्रयासरत रहेको बताएका छन् ।
उक्त भुक्तानी समेत उपलब्ध हुने आवश्वासन मधेश प्रदेश सरकारबाट पाएका बताउँदै अध्यक्ष यादवले छोटो समयका बीच मधेश प्रदेशका १५० जना महिला पत्रकारहरुको बीमा गरिएको जानकारी दिए ।
उनले आफ्नो अहिलेसम्मको कार्यकालमा २५ महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेका छन् । उनले तीन आर्थिक वर्षमा निम्न कार्यहरु गरेको बताएका छन्ः
आ.व. २०७७/०७८ मा गरिएका गतिविधिहरु :
१. आमसञ्चार प्राधिकरणको समन्वय तथा सामुदायिक रेडियो प्रशारक संघको आंयोजनमा २०७८ फागुन २० गते सामुदायिक रेडियोको समस्या र समाधान विषयक ‘कार्यशाला गोेष्ठी’ आयोजना ।
२. कार्यालय स्थापना एवम् व्यवस्थापन ९२०७८ जेठ ।
३. कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिनका लागि २०७८ जेठ १० देखि १८ गतेसम्म आठ ओटै जिल्लामा स्वास्थ्य सुरक्षा सामग्री वितरण ।
४. सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको हक हितबारे सरोकारवालाहरुसँग चार ओटा जुम मिटिङ्ग । प्रदेशका सञ्चारकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय एवम् पहल ।
आ.व. २०७८/०७९ मा गरिएका गतिविधिहरुः
१. जनकपुरधाममा २०७८ माघ १६–१७ गते राससका पत्रकारहरुको अभिमुखिकरण ।
२. माघ १८ गते पत्रकारहरुको स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया ।
३. चैत्र २८ गते सर्लाहीको लालबन्दीमा पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि मस्यौदा उपर अन्तरक्रिया ।
४. वैशाख १५ गते जनकपुरधाममा सञ्चारमाध्यम र पत्रकारहरुको हित प्रवद्र्धन गर्ने कानूनबारे छलफल एवम् विमर्श ।
५. जेठ १३ गते शुक्रबारदेखि अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नवीकरण कार्य सञ्चालन ।
६. आमसञ्चार प्राधिकरणको वेबसाइट सञ्चालन एवम् अपडेटिङ्ग ।
७. आमसञ्चार प्राधिकरणको आयोजन तथा नेपाल पत्रकार महासंघ शाखा धनुषाको समन्वयमा जेठ ३० गते पत्रकारहरूको लागि एक दिवसीय अभिमुखिकरण कार्यक्रम ।
८. जेठ ३१ गते महोत्तरीको बर्दिबासमा मधेश प्रदेशमा महिला पत्रकारहरुको समस्या र समाधान विषयक एक दिवसीय अन्तरक्रिया ।
९. सप्तरीको राजविराजमा पाँच दिवसीय अनलाइन पत्रकारिता तालिम असार १०– १४ गते सम्पन्न ।
१०. असार १६ गते मधेश प्रदेश सरकारको मन्त्री परिषद्बाट मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ एवम् पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पास गराउन सफल भएको ।
११. मधेश प्रदेशका सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराई भुक्तानी उपलब्ध गराई कार्यविधि कार्यान्वयन गराउन सफल भएको ।
१२. मधेश प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएका १५० जना पत्रकार महिलाहरुको रु। एक लाखको स्वास्थ्य र रु। सात लाखको दुर्घटना बीमा कार्य सम्पन्न । (जी टु जी सम्झौता)
१३. अनलाइन मार्फत प्राधिकरणको सेवा विस्तार गर्न सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर निर्माण ।
१४. सूचना व्यवस्थापन विज्ञापन बोर्ड, सूचना तथा प्रशारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय, हुलाक सेवा विभाग लगायतका निकायहरुसँग निरन्तर सहकार्य एवम् समन्वय ।
आ.व. २०७९/०८० मा गरिने गतिविधिहरु :
१. मधेश प्रदेशका आठ ओटै जिल्लाका पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा ।
२. घुम्ती टोली परिचालन गरी आठ ओटै जिल्लाका नेपाल पत्रकार महासंघसँग समन्वय गरी प्रेस प्रतिनीधि परिचयपत्र वितरण ।
३. लोककल्याणकारी विज्ञापनको व्यस्थित रुपमा वितरण एवम् नियमित भुक्तानी ।
४. प्रदेश एफ।एम। रेडियो तथा टेलिभिजन सम्बन्धी नियमावली निर्माण ।
५. पत्रकारिता तालिम निर्देशिका निर्माण एवम् प्रकाशन ।
६. मधेशको पत्रकारिता सम्बन्धी अनुसन्धान एवम् प्रकाशन ।
७. एकीकृत सूचना व्यवस्थापन कार्यक्रम ।
८. छापामाध्यमहरुको सबलीकरण सम्बन्धी कार्यशाला ।
९. एफ.एम. रेडियोहरुको सबलीकरण एवम् सुदृढिकरण सम्बन्धी कार्यशाला ।
१०. पत्रकार महिलाहरुका लागि साईबर सुरक्षा एवम् आत्मरक्षा सम्बन्धी प्रशिक्षण ।
११. बन्द रहेका एफ।एम। रेडियोहरुको अध्ययन एवम् कार्यशाला ।
१२. फोटो पत्रकारिता र कृषि पत्रकारिता सम्बन्धी तालिम ।
१३. पत्रकारिता अध्ययनका लागि छात्रबृती सम्बन्धी कार्यविधि निर्माण ।
१४. सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर मार्फत अनलाइन सेवा प्रदान ।
१५. पत्रकारहरुका लागि श्रब्यदृष्य छायाङ्कन एवम् सम्पादन सम्बन्धी तालिम ।
१६. उमा– वीरेन्द्र पत्रकारिता प्रशिक्षण केन्द्र सम्बन्धी सम्भाब्यता अध्ययन ।
आ.व. २०७९/०८० मा गरिएका गतिविधिहरु :
१. प्राधिकरणको कामकार्वाही तथा गतिविधिहरुबारे सार्वजनिकीकरण ।
२. समय अभावका कारण भुक्तानी हुन बाँकी रहेका सञ्चारमाध्यमहरुको विषयमा अनुगमन सहितको प्रतिवेदन विभागीय मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई पठाएको । निरन्तरको प्रयास पश्चात भुक्तानीको सुनिश्चितता गराएको ।
३. लोककल्याणकारी विज्ञापन वापतको भुक्तानीका लागि दैनिक ३६, साप्ताहिक ५३, मासिक २, एफ।एम। रेडियो २० र २ ओटा टेलिभिजनको नाम अनुगमन समितिबाट सिफारिस भएको ।
४. प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग, विज्ञापन बोर्ड, हुलाक सेवा विभाग लगायतका निकायहरुसँग समन्वय एवम् सहकार्य ।
५. मधेश प्रदेशका आठ ओटै जिल्लाका एफ।एम।रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनहरुको अनुगमन एवम् छलफल ।
६. अनलाइन मिडिया दर्ता एवम् नवीकरण कार्यको निरन्तरता ९२१ ओटा अनलाइन दर्ता ।
७. जनशक्ति अभावलाई केही हदसम्म पूर्ती गर्नकालागि एम।आइ।एस सिस्टम सफ्टवेयर परीक्षण तथा क्यूआर कोड निर्माण ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…