जनकपुरमा मन्दिर र विद्यालय आसपास मदिराजन्य विक्री रोकको आदेश कार्यन्वयन गराउन ज्ञापन
यस्तै, जनकपुरधामस्थित रहेको देवालय, मठ मन्दिर र स्कूल कलेजहरुको २०० मिटरभित्र मदिरा, माछा, मासु विक्रि वितरणमा प्रशासनले नै लगाएको रोक आदेश कार्यन्वयनको लागि माग गरेका छन् । मिश्र नेतृत्वको टोलीले जानकी मन्दिरमा शुद्ध खानेपानीको लागि सहजता गर्न माग गरेका छन् । उनीहरुले जनकपुरको तेलहा, मरहा पोखरीको सौन्दर्यीकरणको लागि पनि दबाब दिएका थिए ।

२०७९ माघ २९ आइतबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक नगरी भनिने मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रशासनले लगाएको विभिन्न नियमहरु कार्यन्वयनको लागि ज्ञापन पत्र बुझाइएको छ ।
धनुषामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई नागरिक समाजका मुरली मनोहर मिश्रको नेतृत्वमा गएको टोलीले निर्णयहरु कार्यन्वयनको लागि ज्ञापन पत्र बुझाएका छन् ।
सो क्रममा जानकी मन्दिरको फूलबारी अतिक्रमण भएको पुष्टि भएपछि प्रतिवेदन अझै प्रभावकारी रुपमा कार्यन्वयन नभएको भन्दै सो कार्यन्वयनको लागि ज्ञापन पत्र बुझाएको हो ।
यस्तै, जनकपुरधामस्थित रहेको देवालय, मठ मन्दिर र स्कूल कलेजहरुको २०० मिटरभित्र मदिरा, माछा, मासु विक्रि वितरणमा प्रशासनले नै लगाएको रोक आदेश कार्यन्वयनको लागि माग गरेका छन् ।
मिश्र नेतृत्वको टोलीले जानकी मन्दिरमा शुद्ध खानेपानीको लागि सहजता गर्न माग गरेका छन् । उनीहरुले जनकपुरको तेलहा, मरहा पोखरीको सौन्दर्यीकरणको लागि पनि दबाब दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…