विद्यालयमा आइन्दा लापरवाही भए स्पोट कारवाही हुन्छः मेयर साह
अनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका गरेपछि नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको कार्यालय समयमा अनिवार्य उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन ।

२०७९ माघ २६ बिहीबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले विद्यालय लापरवाही र अनियमितता भए ठाउँको ठाउँ कारवाही हुने बताएका छन् ।
मेयर साहले बिहीवार उपमहानगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयमा अनुगमन निरीक्षण गर्दै समुदायिक विद्यालयको अवस्थामा सुधार नल्याइए कारवाहीको चेतावनी दिएका हुन् ।
नगर प्रमुख साहले उपमहानगरपालिकाको वडा नं. १८ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र , स्वास्थ्य चौकी र शंकर आधारभुत विद्यालय महुवाको छड्के अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका गरेपछि नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको कार्यालय समयमा अनिवार्य उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन ।
अबदेखि कुनै किसिमको लापरबाही नगर्न चेतावनी पनि दिएका छन । नगर प्रमुख साहले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन र कामै नगर्ने कर्मचारीलाई नियमानुसार कारबाही समेत गरिने चेतावनी पनि दिएका छन् ।
अनुगमनमा वडा नं. १८ का अध्यक्ष लक्ष्मेश्वर मंडल , वडा नं. १० का वडाध्यक्ष मिथलेश कर्ण , वडा नं. २२ का अध्यक्ष बिमलेश मिश्र ,स्वास्थ्य शाखा प्रमुख विजय साहको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…