अर्काको नामको जग्गामा NIC ASIA बैँकबाट २ करोड ३० लाख ऋण लिएर समसाद फरार
नक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाह गरिएको उनको तर्क छ ।

२०७९ माघ २६ बिहीबार, बिहान ९:५८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाइ बैंकबाट ऋण उठाएको खुलासा भएको छ ।
राजविराज ८ का रवीन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ का वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरी राजविराज १ का समसादले एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिइएको खुलासा भएको छ ।
घटनापछि बिहान १० बजेदेखि नै बैंकमा सर्वसाधारणको भीड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले विवाद गरेका थिए । उक्त कार्यमा सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ ।
वास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदिइ कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाउँदा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो ।
उनले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित कित्ता नं. २२१(९ को ख) को १० कठ्ठा ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएका छन् । उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआइसी एसिया बैंकले कसरी र कुन आधारमा २ करोड ३० लाख रुपैयाँ ऋण दियो भन्ने कुराको छानबिन हुनु पर्ने माग गरेका छन् ।
एक जना साथीले तिम्रो जग्गा राखेर कसैले एनआइसि एसिया बैंकबाट ऋण निकालेको जानकारी गराएपछि आफू हतार हतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेको रवीन्द्रले सुनाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…