२० महिनाको कार्यकालपछि सिरहाबाट बिदा भए डिएसपी बुढाथोकी
सिरहा जिल्लाको २० महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेको तथा मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउन अहम भूमिका खेलेको भन्दै सँचारकर्मीहरुले समेत उनलाई आगामी कार्यकालको बधाई दिँदै विदाई गरेको हो ।

२०७९ माघ २२ आइतबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीको बिदाई गरिएको छ ।
झण्डै २० महिना जिल्ला प्रहरी कार्यालय सिरहामा कार्य सम्पादन गरेका डिएसपी एवम् जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रही बुढाथोकीले आईतबार विदाई भएका छन् ।
विदाई कार्यक्रमको आयोजना गरी उनका शुभचिन्तकहरुले उनलाई विदाई गरेको हो । विभिन्न क्षेत्रमा नागरिक समाजका अगुवा, सँचारकर्मी, अधिकारकर्मीहरुले उनलाई शनिबार विदाई गरेको हो ।
सिरहा जिल्लाको २० महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेको तथा मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउन अहम भूमिका खेलेको भन्दै सँचारकर्मीहरुले समेत उनलाई आगामी कार्यकालको बधाई दिँदै विदाई गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…