शहिद हेमनारायणको हत्यारालाई कानुनी दायरामा ल्याउः नेतृ यादव
सयौँ बर्षसम्म स्मृति सभा भईरहने आक्रोस पोख्दै नेतृ यादवले शहिद हेमनारायणको चाहनाको लागि पार्टीले समेत कुनै तादरुकता नदेखाएको आरोप लगाइन् । उनले सिरहाको नेतृत्वलाई उनको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।

२०७९ माघ २१ शनिबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेकपा एमालेकी पूर्व संविधानसभा सदस्य एवम् नेतृ आशा यादवले शहिद हेमनारायणको हत्यारालाई कानुनी दायरामा अझै ल्याउन नसकेकोप्रति दुःख व्यक्त गरिन् ।
शहिद हेमनारायण यादवको १९ औँ स्मृतिसभाको क्रममा बोल्दै नेतृ यादवले विगत १८ बर्षदेखि मात्र स्मृतिसभा मनाइएपनि उनको हत्यारालाई अझै कानुनी दायरामा ल्याउन नसक्नु पार्टीको कमजोरी औल्याइन् ।
उनले भनिन्, –“१८ बर्षदेखि हामी स्मृति दिवस मात्र मनाउँदै आएका हौँ, के मात्र स्मृति सभा आयोजना गरेर शहिद हेमनारायणले न्याय पाउँछन ? उनको परिवारले न्याय पाउँछन त ? अब नयाँ शीराबाट सोँचौँ, हेमनारायणको हत्यारालाई कानुनी दायरामा ल्याउन हामी अग्रसर होऔँ ।”
सयौँ बर्षसम्म स्मृति सभा भईरहने आक्रोस पोख्दै नेतृ यादवले शहिद हेमनारायणको चाहनाको लागि पार्टीले समेत कुनै तादरुकता नदेखाएको आरोप लगाइन् । उनले सिरहाको नेतृत्वलाई उनको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…