शहिद हेमनारायणको हत्यारालाई कानुनी दायरामा ल्याउः नेतृ यादव 

२०७९ माघ २१ शनिबार
बिहान ०९:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेकपा एमालेकी पूर्व संविधानसभा सदस्य एवम् नेतृ आशा यादवले शहिद हेमनारायणको हत्यारालाई कानुनी दायरामा अझै ल्याउन नसकेकोप्रति दुःख व्यक्त गरिन् । 

शहिद हेमनारायण यादवको १९ औँ स्मृतिसभाको क्रममा बोल्दै नेतृ यादवले विगत १८ बर्षदेखि मात्र स्मृतिसभा मनाइएपनि उनको हत्यारालाई अझै कानुनी दायरामा ल्याउन नसक्नु पार्टीको कमजोरी औल्याइन् । 

उनले भनिन्, –“१८ बर्षदेखि हामी स्मृति दिवस मात्र मनाउँदै आएका हौँ, के मात्र स्मृति सभा आयोजना गरेर शहिद हेमनारायणले न्याय पाउँछन ?  उनको परिवारले न्याय पाउँछन त ? अब नयाँ शीराबाट सोँचौँ, हेमनारायणको हत्यारालाई कानुनी दायरामा ल्याउन हामी अग्रसर होऔँ ।”

सयौँ बर्षसम्म स्मृति सभा भईरहने आक्रोस पोख्दै नेतृ यादवले शहिद हेमनारायणको चाहनाको लागि पार्टीले समेत कुनै तादरुकता नदेखाएको आरोप लगाइन् । उनले सिरहाको नेतृत्वलाई उनको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् । 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका किसानहरुलाई कृषि मन्त्री कुशवाहाको उपहार, अब सबै वडा–वडामा मल उद्योग सँचालन हुँदै

  • २०७९ माघ २१ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कृषि मन्त्री ई. बसन्त कुशवाहाले अर्को छलाँग लगाएका छन् । किसानहरुको लागि कृषि मन्त्री कुशवाहाले प्रत्येक वडामै मल उद्योग सँचालनको व्यवस्था गर्ने गरी योजना

पूरा पढ्नुहोस्

Bureau Menus