स्वतन्त्र साँसद एमालेमा प्रवेश 

२०७९ माघ २१ शनिबार
बिहान ०८:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा स्वतन्त्रबाट निर्वाचित एक प्रदेश साँसद एमाले पार्टीमा प्रवेश गरेका छन् । 

स्वतन्त्र निर्वाचित केशव चौधरी शुक्रबार नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन् । उनी रौतहट निर्वाचन क्षेत्र नं। ३ ‘क’ बाट स्वतन्त्र निर्वाचित सांसद हुन । चौधरीलाई पार्टी मधेश प्रदेश संसदिय दलका नेता तथा मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । 

यस संगै अव मधेशमा एमालेको कुल सांसद संख्या २५ पुगेको छ । निर्वाचनमा कुल २३ सिट जितेर मधेशको पहिलो पार्टीको रुपमा उदाएको एमालेमा यस अघि अर्का एक स्वतन्त्र जितेका सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरेका थिए । उनी बारा क्षेत्र नं. २ को ‘क’ क्षेत्रबाट स्वतन्त्र निर्वाचित भएका थिए

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७९ माघ २१ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus