स्वतन्त्र साँसद एमालेमा प्रवेश
यस संगै अव मधेशमा एमालेको कुल सांसद संख्या २५ पुगेको छ । निर्वाचनमा कुल २३ सिट जितेर मधेशको पहिलो पार्टीको रुपमा उदाएको एमालेमा यस अघि अर्का एक स्वतन्त्र जितेका सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरेका थिए । उनी बारा क्षेत्र नं. २ को ‘क’ क्षेत्रबाट स्वतन्त्र निर्वाचित भएका थिए

२०७९ माघ २१ शनिबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा स्वतन्त्रबाट निर्वाचित एक प्रदेश साँसद एमाले पार्टीमा प्रवेश गरेका छन् ।
स्वतन्त्र निर्वाचित केशव चौधरी शुक्रबार नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन् । उनी रौतहट निर्वाचन क्षेत्र नं। ३ ‘क’ बाट स्वतन्त्र निर्वाचित सांसद हुन । चौधरीलाई पार्टी मधेश प्रदेश संसदिय दलका नेता तथा मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
यस संगै अव मधेशमा एमालेको कुल सांसद संख्या २५ पुगेको छ । निर्वाचनमा कुल २३ सिट जितेर मधेशको पहिलो पार्टीको रुपमा उदाएको एमालेमा यस अघि अर्का एक स्वतन्त्र जितेका सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरेका थिए । उनी बारा क्षेत्र नं. २ को ‘क’ क्षेत्रबाट स्वतन्त्र निर्वाचित भएका थिए
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…