जनकपुर बोले "नमो- नमो"
न्यूज ब्यूरो || जनकपुरधाम, २१ बैशाख । यही बैशाख २८ गते जनकपुरको धार्मिक भ्रमणमा आउन लागको भारतीय प्रधानमन्त्रीको जनकपुर आगमले जनकपुर मोदीमय भएको छ । मोदी आगमनको मात्र एकसाता बाँकी रहदाँ जनकपुरमा प्रदेश नं. २ का सरकारले तयारी युद्धस्तरमा गरिरहेको छ । बाह्रविघा रँगभूमि मैदानदेखि विश्वप्रसिद्ध जानकी मन

२०७५ बैशाख २१ शुक्रबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २१ बैशाख । यही बैशाख २८ गते जनकपुरको धार्मिक भ्रमणमा आउन लागको भारतीय प्रधानमन्त्रीको जनकपुर आगमले जनकपुर मोदीमय भएको छ ।
मोदी आगमनको मात्र एकसाता बाँकी रहदाँ जनकपुरमा प्रदेश नं. २ का सरकारले तयारी युद्धस्तरमा गरिरहेको छ ।
बाह्रविघा रँगभूमि मैदानदेखि विश्वप्रसिद्ध जानकी मन्दिरसम्म मोदीको स्वागतमा केसरियाँ रँगले सजाइने छ ।
मोदीको जनकपुर आगमनको मात्र एक साता बाँकी रहँदा जनकपुरवासीमा नरेन्द्र मोदी नरेन्द्र मोदी (नमो-नमो) को प्रभाव देखिएकोछ ।
मोदीको आगमन पूर्व जनकपुरको विभिन्न ठाउँमा नरेन्द्र मोदीको फोटो सहित प्रदेश सरकारको स्वागमय शब्दहरु लेखेर होडिँग गरिएको देखिएको छ ।
ठाउँ ठाउँमा स्वागतद्धारा राखिएको छ भने सडक छेउहरुमा नेपाल भारतको झण्डा सहित मोदीको स्वागतमा तस्विरहरु समेत झुण्डाइएको छ ।
विश्वमै प्रसिद्ध रहेका भारतीय प्रम मोदी धार्मिक र देविदेवताप्रतिको आस्थावान पुरुष भनेर चिनिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…