प्रेमकाे नाटक गरेर महिलाकाे अश्लिल भिडियाे बनाउने पक्राउ
न्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरे

२०७९ माघ १६ सोमबार, बेलुकी ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरेर शारीरिक सम्बन्ध राखेका थिए । त्यसपछि अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दु:ख, हैरानी दिएकाे प्रहरीकाे भनाइ छ ।
समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेकाले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी माथी विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…