धनुषाको शसस्त्र प्रहरी बिओपी महिनाथपुर 'उत्कृष्ट बिओपी' मा छनौट
सो अवसरमा ईन्सपेक्टर पाण्डेले सो बिओपीमा काम गरेका भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, प्रहरी अधिकृत, प्रहरी जवान लगायत सम्पूर्ण कर्मचारीमा आभार प्रकट गरेका छन् ।

२०७९ माघ १२ बिहीबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित शसस्त्र प्रहरीको बिओपी महिनाथपुरलाई उत्कृष्ट बिओपीको उपाधी दिइएको छ ।
२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बिओपी महिनाथपुरलाई नम्बर २ छिनमस्ता बाहिनी मातहतको उत्कृष्ट बिओपीको रुपमा प्रशँसा दिएको छ ।
विभिन्न समयमा लागुऔषध नियन्त्रण, अवैद्य तस्करी नियन्त्रण, न्यून विवादित बिओपी भन्दै महिनाथपुर बिओपीलाई छिनमस्ता बाहिनी अन्तर्गतको उत्कृष्ट बिओपीको रुपमा छनौट गरिएको हो ।
२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरले बिओपी प्रमुख ईन्सपेक्टर गणेश पाण्डेलाई प्रशँसा पत्र प्रदान गर्दै सम्मान गरे ।
सो क्षेत्रको बोर्डरमा हुने अवैद्य गतिविधिलाई नियन्त्रण गर्न गरेको प्रयासलाई मध्यनजर गर्दै ईन्सपेक्टर पाण्डेलाई प्रशँसा समेत गरिएको हो ।
सो अवसरमा ईन्सपेक्टर पाण्डेले सो बिओपीमा काम गरेका भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, प्रहरी अधिकृत, प्रहरी जवान लगायत सम्पूर्ण कर्मचारीमा आभार प्रकट गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…