जनकपुरः सिडिओ अफिसमा दलाली गर्ने दलाल ठाकुर पक्राउ
मँगलबार अपरान्ह ४ बजेको समयमा ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

२०७९ माघ १० मंगलबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कर्मचारीहरुसँग आफ्नो चिनजान रहेको र काम छिटो छरितो गराईदिने प्रलोभनमा पारी सेवाग्राहीबाट रकम असुल्ने एक दलाललाई प्रहरीले पक्राउ गरेको हो ।
सेवाग्राहीहरुसँग २ देखि ३ हजार रुपैयाँसम्म माग गरी गरी बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुरको कपिलेश्वर बस्ने बर्ष ३९ को दिपक ठाकुरलाई पक्राउ गरेको हो ।
मँगलबार अपरान्ह ४ बजेको समयमा ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…