सिरहाका पत्रकारहरुबीच फेसबुके झडप
यद्यपी, सुरेन्द्र दासले फेसबुक मार्फत नै आफ्नो गलती स्वीकार गर्दै माफी समेत मागेका छन् । उनले अध्यक्ष बनैतामाथि जथाभावी लेखेका थिए । चर्को विरोध र चौतर्फी दबाबपछि उनले अन्ततः माफी समेत मागेका छन् ।

२०७९ माघ ९ सोमबार, राति ८:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा पत्रकारहरुबीच विगत केहीदिनदेखि फेसबुके झडप जारी रहेको छ । पत्रकार महासँघ सिरहा र एक पत्रकारबीच निरन्तर वाक झडप चलिरहेको पाईएको छ ।
सिरहाको लहानबाट सँचालित पृताँग दैनिक पत्रिकाका सँचालक सुरेन्द्र दास र नेपाल पत्रकार महासँघ सिरहा शाखाका पदाधिकारीसहित अन्य पत्रकारहरुबीच फेसबुकमा स्टेटस झडप जारी रहेको छ ।
एक प्रहरी कर्मचारीसँग मोबाईलको रिचार्ज कार्ड माग्ने पत्रकार सुरेन्द्र दास र नेपाल पत्रकार महासँघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताबीच सुरुमा फेसबुके जुहारी चलेपछि फेसबुकमा वाकयुद्ध नै सुरु भएको हो ।
एक तर्फ सुरेन्द्र दास एक्लै फेसबुक स्टेटस मार्फत भिडेका छन् भने महासँघ सिरहाका अध्यक्ष बनैताको तर्फबाट बनैता आफैँसहित पत्रकार महासँघका पदाधिकारी, सदस्यहरुसहित अन्य पत्रकारहरुबीचको झडप सुरु अझै समाप्त भइनसकेको अवस्था छ ।

प्रहरी अधिकारीसँग रिचार्ज गरिदिन भनेपछि सुरेन्द्र दासको कल रेकर्डिङग प्रहरी अधिकारीले केही पत्रकारहरुलाई दिएर सार्वजनिक गर्न लगाएपछि विवाद सुरु भएको हो । सुरेन्द्र दासले आफू पत्रकार रहेको र सईलाई उदृत गर्दै रिचार्ज मागेको सुनिएको छ । तर, पत्रकार महासंघ सिरहाका अध्यक्ष बनैताले सुरेन्द्र दास पत्रकारहरुलाई बदनाम गरेको, तस्कर रहेको, ठगी गरेको प्रमाणहरु समेत राखेपछि दुवै जनाबीच जुहारी चलेको थियो ।
सोही बीचमा सिरहाका केही अन्य पत्रकारहरुले समेत अध्यक्ष बनैताको खुल्ला आदेशपछि फेसबुकमा स्टेटसहरु लेख्न थालेपछि विगत दुईदिनदेखि फेसबुकमा सिरहाको पत्रकारहरुबीच फेसबुके झडप चलिरहेको देखिएको छ ।

यद्यपी, सुरेन्द्र दासले फेसबुक मार्फत नै आफ्नो गलती स्वीकार गर्दै माफी समेत मागेका छन् । उनले अध्यक्ष बनैतामाथि जथाभावी लेखेका थिए । चर्को विरोध र चौतर्फी दबाबपछि उनले अन्ततः माफी समेत मागेका छन् ।
सुरेन्द्र दासले आफूलाई पत्रकार भन्दै एक प्रहरी अधिकारीसँग रिचार्ज मागेको, विभिन्न व्यक्तिबाट ठगी गरेको प्रमाणहरु टन्नै राखिएको छ । उनले पत्रकारको नाममा ठगी धन्दा, ब्लैमेलिँग, मागीखाने प्रवृति जस्ता कार्यमा प्रत्यक्ष सँलग्न भएको देखिएको छ । यद्यपी, उनलाई अझै कानुनले छुन सकेको छैनन् ।
.jpg)
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…