माला बाँडने मालीको साईकल र मोबाईल लुटियो
हरिनेबाट चिया खान सोनापाडा चोकमा जाँदै गर्दा हरिने स्थित रहेको राप्रावि स्कूल नजिकै यादवद्धयले भण्डारीको साईकल र मोबाईल दुवै लुटेर भागेको पूर्व वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज यादवले जानकारी दिए ।

२०७९ माघ ७ शनिबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित पुष्प बाँडने एक व्यक्तिको साईकल र मोबाईल लुटिएको बताइएको छ ।
पसलेहरुलाई पुष्प बाँडने धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने अन्दाजी ४५ बर्षिय राम कुमार भण्डारीको स्थानीय दुई युवकले साईकल र मोबाईल लुटेको बताइएको छ ।
कमला नपा ८ बस्ने एक वडासदस्यका भतिजो रहेको सरोज यादव र निरज यादवले भण्डारीको साईकल र मोबाईल लुटेर भागेको पीडितले जनाएको छ ।
हरिनेबाट चिया खान सोनापाडा चोकमा जाँदै गर्दा हरिने स्थित रहेको राप्रावि स्कूल नजिकै यादवद्धयले भण्डारीको साईकल र मोबाईल दुवै लुटेर भागेको पूर्व वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज यादवले जानकारी दिए ।
सो सन्दर्भमा स्थानीय प्रहरीलाई जानकारी गराएको तथा प्रहरी पक्राउ गर्न जाँदा उनीहरु फरार भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…