माला बाँडने मालीको साईकल र मोबाईल लुटियो 

२०७९ माघ ७ शनिबार
रति ९:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित पुष्प बाँडने एक व्यक्तिको साईकल र मोबाईल लुटिएको बताइएको छ । 

पसलेहरुलाई पुष्प बाँडने धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने अन्दाजी ४५ बर्षिय राम कुमार भण्डारीको स्थानीय दुई युवकले साईकल र मोबाईल लुटेको बताइएको छ । 

कमला नपा ८ बस्ने एक वडासदस्यका भतिजो रहेको सरोज यादव र निरज यादवले भण्डारीको साईकल र मोबाईल लुटेर भागेको पीडितले जनाएको छ । 

हरिनेबाट चिया खान सोनापाडा चोकमा जाँदै गर्दा हरिने स्थित रहेको राप्रावि स्कूल नजिकै यादवद्धयले भण्डारीको साईकल र मोबाईल दुवै लुटेर भागेको पूर्व वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज यादवले जानकारी दिए । 

सो सन्दर्भमा स्थानीय प्रहरीलाई जानकारी गराएको तथा प्रहरी पक्राउ गर्न जाँदा उनीहरु फरार भएको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ माघ ७ शनिबार

Bureau Menus