उमेशको ब्लडमनीको लागि "हेल्प मधेसी कत्तार" ले ६ लाख रुपैयाँ सहयोग गर्ने
न्यूज ब्यूरो || दोहा कत्तार, १८ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि चाहिने ब्लडमनीको लागि हेल्प मधेसी नामक समाजिक सँस्थाले ६ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । विगत १२ वर्षदेखि सउदी जेलमा रहेका तथा मृत्यूदण्डको सजाय पाएका उमेशलाई पाकिस्तानबाट प

२०७५ बैशाख १८ मंगलबार, दिउँसो १:५७ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो ||
दोहा कत्तार, १८ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि चाहिने ब्लडमनीको लागि हेल्प मधेसी नामक समाजिक सँस्थाले ६ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत १२ वर्षदेखि सउदी जेलमा रहेका तथा मृत्यूदण्डको सजाय पाएका उमेशलाई पाकिस्तानबाट पीडित परिवारले माफिनामा दिएवापत ३० लाख रुपैयाँ ब्लडमनी माग गरेको कुरा बाहिर आएपछि उमेश बचाउको लागि एक एक रुपैयाँ जुटाउन लागेको हो ।
आउँदो मे १२ अर्थात बैशाख २९ गतेसम्म मात्र अन्तिम म्याद रहेको भन्दै देश विदेशमा रहेका नेपाली युवाहरुले विभिन्न समिति गठन गरि उमेश बचाउको लागि ब्लडमनी सँकलन कार्य तीव्र पारेका छन् ।
नेपालको जनकपुरबाट न्यूज ब्यूरो अनलाईन पत्रिकाले उमेशको बारेमा समाचार प्रकाशित गरेपछि उमेश बचाउको लागि चौतर्फी सहयोग तथा दबाब बनेको हो ।
उमेश बचाउनको लािग माफीनामा मात्र विकल्प बचेको भन्दै ३० लाख रुपैयाँ ब्लडमनी अपिल गरिएकोमा हेल्प मधेसी नामक समाजिक सँस्थाले कत्तारबाट मात्र करिब ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता हेल्प मधेसीका अध्यक्ष पवन ठाकुरले न्यूज ब्यूरोसँग जनाएका हुन् ।
यता, हेल्प मधेसीसँग आवद्ध दिपक कुमार यादवले उमेश बचाउको लागि चाहिने ब्लडमनीको लागि कत्तारको प्रसिद्ध बलदिया र अलबन्द्री कम्पनीमा कार्यरत हजारौँ नेपाली कामदारबाट कोठा कोठामा गएर रकम जम्मा गर्ने गरेको बताएका छन् ।
न्यूज ब्यूरो हेड अफिसमा कुरा गर्दै सहकर्मी दिपकले , "उमेश बचाउको लागि न्यूज ब्यूरोको प्रयास इतिहास बनेको छ । यहाँ स्थित रहेका नेपाली कामदारहरुले न्यूज ब्यूरोको प्रयासलाई प्रशँसा गरेको छ । न्यूज ब्यूरोले नै गरेको समाचार प्रकाशितको आधारमा उमेश बचाउको लागि काम छाडी ब्लडमनी सँकलन कार्यमा लागेका हौ । दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म क्याम्पको कोठा कोठामा गएर उमेशको बारेमा सब थोक देखाएपछि सहयोग माग्ने गरेका छौँ । १० दिनभित्र हामी २० हजार कत्तारी रियाल जम्मा गर्न सक्छौँ । अर्थात नेपाली करिब ६ लाख रुपैयाँको लागि पूर्ण प्रयासरत छौँ । यहाँ सबैले उमेशको नाममा सहयोग गर्न आतुर देखिएका छन् । विश्वास छ शिघ्र हामी गर्न सफल हुनेछौँ ।"

धनुषा कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने भोला यादवका ३७ वर्षिय छोरा उमेश यादव एक पाकिस्तानी नागरिकको हत्या आरोपमा सउदी अदालतले मृत्यूदण्डको सजाय सुनाएका हुन् ।
अहिलेसम्म सहयोग गरेका सहयोग हातहरुको नामाबली र रकम सहित
1. पवन ठाकुर 551
2.शिव कुमार महतो 101 paid
3. सुरेन्द्र साह 101
4.राम सुमन मधेशी 51 paid
5.बिनोद साह 51
6.राम प्रसाद महरा (qbc,hs) 51
7.सतोश कुमार साह 51
8.राम प्रकाश यादव (L city) 51
9.अनिल कुमार यादव (L city) 51
10.मोहन मण्डल (L city) 51
11.लालु झा (L city) 51 12.राकेश कुमार राय ( L city) 51 13.राम अधिन सम्भव 51 14. धनेश्वर ठाकुर QR , 55 15.Manoj Singh ( L City ) QR 51 16.Laxmi Mandal(L city) 55qr 17.जगत मण्डल 51 18.उमेश कुमार खड्का 101 19.ram Ganesh Sah 55 20.ram Kumar Singh 51 21.anil Kumar goit 51 22.chandra Narayan Ray 11 23. Barahm dev mandal 11 24.Govind jha. QR. 101 25.ram sewak mandal qr, 15 26.birendra Sah QR,. 125 27,ram babu Yadav QR, 51 28 , Manoj Kumar mahara QR,51 29,jitan Mandal QR 20 30, Sleebacha _India Qr5 31,Pramod yadav-qr25 32,Ram narayan mahara qr-11 33,Ram Isawar India-qr21 34,Nagendhar India-21 35, mo kamrudin Khan qr 21 36,ram Chandar Sharma QR ,11 pead 37,Hira Lal Yadav , QR 21 pead 38, ganga prashad Yadav QR 55pead 39.Dipak Yadav. QR 551pead 40, Ram Chandra QR 15 pead 41 ,mo Sharif miya rain to QR 51 42, bhogi Yadav QR. 51 43, Dinesh Kumar sah QR 101 44. Mohan sah 66465743 Qr 51 45, sonphi Mahato QR30 paid

घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने आदेश दिएपछि विच्चलीमा परेका उमेशका परिवारले छोरा बचाइदिन सबैमा अपिल गरेका छन् ।
हालाकी ब्लडमनीको लागि चाहिने ३० लाख रुपैयाँमा भएको पीडित परिवारसँगको सहमतिपत्र भने अधिकारिक रुपमा अहिलेसम्म प्रष्ट गरिएको छैन । ग्रोविन्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले पाकिस्तान पुगी पीडित परिवारसँग भेट गर्दै ब्लडमनीको लागि ३० लाख रुपैयाँमा सहमति भएको मौखिक जानकारी गराएका हुन् ।
ब्लडमनीको लागि अध्यक्ष यादवले ग्रोविन्ग नेपाल फाउण्डेशनको बैँक खाता लाई अधिकारिक बताउँदै दिइएको खातामा नम्बरमै सहयोग रकम जम्मा गर्न अपिल गरेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…