डिएसपी पुरी सम्मानित
जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा प्रहरी सँगठनमा चर्चित अनुहार बनेको पुरी धनुषामा ३० महिनाको बसाईँमा विभिन्न अपराधिक क्रियाकलाप, सँगठनमा सँलग्न अपराधीहरुलाई पक्राउ गर्न सफल भएका थिए । धनुषामा उनी जिल्लाको ईन्सपेक्टर भएर कार्य गरेका जनकपुरमा चर्चित प्रहरी नेतृत्वको रुपमा चिनिएका थिए ।

२०७९ माघ ३ मंगलबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीको सँगठनमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका नेपाल प्रहरीका डिएसपी गोबिन्द पुरी सम्मानित भएका छन् ।
गत प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो जिम्मेवारी गहनपूर्वक निर्वाह गरेको भन्दै डिएसपी पुरीलाई सम्मानसहित प्रशँसा गरिएको हो ।
काठमाण्डौं जिल्ला अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई निष्पक्ष, मर्यादित एवं शान्तिपूर्णरुपमा सम्पन्न गराउने कार्यको उच्च मूल्याँकन गर्दै डिएसपी पुरीलाई जिल्ला प्रहरी परिसर काठमान्डौँले उनलाई प्रशँसा गर्दै सम्मान गरेका छन् ।
चुनावअघि मात्र प्रहरी वृत सिँहदरबारमा काज सरुवा भएका डिएसपी पुरीलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले प्रशँसा पत्र प्रदान गर्दै सम्मानित गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा प्रहरी सँगठनमा चर्चित अनुहार बनेको पुरी धनुषामा ३० महिनाको बसाईँमा विभिन्न अपराधिक क्रियाकलाप, सँगठनमा सँलग्न अपराधीहरुलाई पक्राउ गर्न सफल भएका थिए । धनुषामा उनी जिल्लाको ईन्सपेक्टर भएर कार्य गरेका जनकपुरमा चर्चित प्रहरी नेतृत्वको रुपमा चिनिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…