सिरहाः मलामीबाट फर्केर पोखरीमा माछा मार्न गएका युवक श्रीमतिकै अगाडी पोखरीमा डुबे
सो पोखरीमा दुईतिनदिन अगाडी स्थानीयहरुले पोईजन (विष) हालेको कारण माछाहरु मर्दै थिए । गणेशको मृत्यू भईसकेको वा जिउँदै हो भनेर यकिन भएको छैनन् । तर उनी अझै भेटाएका छैनन् ।

२०७९ पुस २८ बिहीबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित पोखरीमा माछा मार्न गएका युवक श्रीमतिकै अगाडी डुबेको घटनाले गाउँमा खैलाबैला मच्चिएको छ ।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ लभटोलीस्थित बाध पोखरीमा माछा हेरेपछि माछा मार्न गएका स्थानीय राजकुमार सदाको अन्दाजी बर्ष २३ को छोरा गणेश सदा डुबेका छन् ।
मलामी (कठियारी) बाट घर फर्किदै गर्दा सडक छेउमै रहेको सो पोखरीमा उनले दुईवटा माछा देखेपछि माछा ल्याउन गएका उनी सोही पोखरीमै डुबेका हुन् ।
श्रीमतिकै अगाडी उनी माछा मार्नको लागि पोखरीमा पसेका थिए । एउटा माछा बाहिर फालेर अर्को माछा समात्न गएका गणेश पोखरीभित्रै समाएको घटनाले खैलाबैला मच्चिएको छ ।
श्रीमतिकै अगाडी माछा मार्न पोखरीमा गएका गणेश पानीमा पौडी खेल्दाखेल्दै डुबेको केही बेरसम्म बाहिर नआएपछि उनकी श्रीमतिले गाउँलेलाई गुहार लगाएपछि गाउँले जम्मा भएको थियो ।
अपरान्ह करिब ४ बजेको समयमा सो पोखरीमा गणेश पसेका थिए । अहिलेसम्म उनी पोखरीबाट बाहिर निस्ककेका छैनन भने उनको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी ईन्सपेक्टर सोनु कुमार साहले जानकारी दिए ।
गणेश अहिलेसम्म बाहिर आएका छैनन् भने उनको उद्धार वा खोजी कार्यको लागि सिरहा प्रहरीसँग कुनै साधन नै नभएकोले अहिलेसम्म उद्धार कार्य सुरु गर्न नसकेको बताएको छ । बर्दिवासबाट उपकरणसहितको टोली आउन लागेको जनाईएको छ ।
सो पोखरीमा दुईतिनदिन अगाडी स्थानीयहरुले पोईजन (विष) हालेको कारण माछाहरु मर्दै थिए । गणेशको मृत्यू भईसकेको वा जिउँदै हो भनेर यकिन भएको छैनन् । तर उनी अझै भेटाएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…