मृतक सिर्जनाकी परिवारजन भन्छन– 'स्प्रीट खुवाएपछि प्रिन्सीपल तिवारीले चाहेको भए बाँचिन्थ्यो सिर्जना'

२०७९ पौष २७ बुधबार
बेलुकी ७:५३ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित रहेको सागरमाथा बोर्डिँग स्कूलमा स्प्रीट खाएपछि मृत्यू भएको घटनामा प्रिन्सीपललाई मुख्य दोषी ठहराएको छ । 

मृतक किशोरीलाई पेट दुखेपछि सुनुयोजित तवरले गलत औषधी र स्प्रीट खुवाएको पीडित परिवारको आरोप छ । स्प्रीट खुवाएपछि स्वास्थ्य अवस्था गम्भिर हुन थालेपनि नजिकै रहेको अस्पताल लैजानुको साटो घर पुरयाउन ढिलो गरेपछि मृत्यू भएको आरोप लगाएका छन् । 

विद्यालयका प्रिन्सिपल एवम् सँचालक प्रदीप तिवारीले मृत्यू भएकी किशोरी सिर्जना महरालाई आफ्नै गाडीमा राखेर उनको घर सिरहा नगरपालिका वडा नम्बर ११ स्थित रहेको भलुवाही पुरयाएको आरोप लगाएको छ । 

प्रिन्सीपल तिवारीले घर आउने बाटोमा पर्ने आधा दर्जन अस्पतालमध्ये कुनैमा नलगी सीधा घर छाडेर भागेको आरोप परिवारजनले लगाएको छ । किशोरीलाई घर पुरयाएपछि उनको अवस्था झन नाजुक बनेको थियो । 

बेलुकी स्वास्थ्यमा जटिलता अन्तिमसम्म बढेपछि उनलाई अस्पताल पुरयाईएको थियो । अस्पतालमा लगेपछि चिकित्सकले देखेपछि उनको फोक्सो सेतो परेको, आँखाको नानी स्थिर भएको देखिएको थियो । 

परिवारजनका अनुसार, प्रिन्सीपल प्रदीप तिवारी चाहेको भएर सिर्जना बाँचिने थियो । सिर्जनालाई समयमै अस्पताल लगिएको भए उनी मर्ने थिएनन् । विद्यालयमा भएको कुनै घटनालाई विद्यालयकै सरोकार र कर्तव्यको विषय भएपनि प्रिन्सीपल तिवारीले सीधा घर पुरयाएपछि गैर–जिम्मेवारीपन अमानवीय व्यवहार दर्साएको आरोप लगाएका छन् । 

शिक्षिका अम्बिका लम्सालले औषधी र स्प्रीट खुवाईन भने तबियत बिग्रन थालेपछि प्रिन्सीपल तिवारीले मिर्चैयादेखि टाढा पर्ने सिर्जनाको घर आफ्नै गाडीमा राखेर पुरयाएका थिए । 

सिर्जनालाई सुनुयोजित तवरले गलत औषधी र स्प्रीट खुवाएको आरोप र अडकल समेत चल्न थालेको छ । यद्यपी, सिरहा प्रहरीले प्रिन्सीपल तिवारी र शिक्षिका लम्साललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

  • 0%
  • 0%
  • 1%
  • 0%
  • 97%
  • 2%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७९ पौष २७ बुधबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus