उमेशको ब्लडमनीको १४ दिन मात्र बाँकी, बैँक खाता नम्बर सार्वजनिक
न्यूज ब्यूरो || जनकपुरधाम, १६ बैशाख । विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका तथा मृत्यूदण्डको सजाय पाएका धनुषाका उमेश यादव बचाउको लागि चाहिने ब्लडमनीको लागि मात्र १४ दिन बाँकी रहेको छ । एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा १२ वर्षदेखि जेलमै रहेका उमेशलाई मृत्यूदण्डबाट बचाउन पीडित परिवारले माफी

२०७५ बैशाख १६ आइतबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ बैशाख । विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका तथा मृत्यूदण्डको सजाय पाएका धनुषाका उमेश यादव बचाउको लागि चाहिने ब्लडमनीको लागि मात्र १४ दिन बाँकी रहेको छ ।
एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा १२ वर्षदेखि जेलमै रहेका उमेशलाई मृत्यूदण्डबाट बचाउन पीडित परिवारले माफीनामा दिएवापत चाहिने ३० लाख रुपैयाँ ब्लडमनीको लागि समयसीमा तोकिएको भन्दै सहयोगकर्ताहरुसँग शिघ्र रकम सहयोगको लागि अपिल गरिएको छ ।
उमेशको ब्लडमनीको लागि रकम सहयोग गर्न चाहने दाताहरुको लागि तराई मधेस राष्ट्रिय परिषद्का सदस्य, समाजिक अभियन्ता एवम् ग्रोथ नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले फाउण्डेशनको खाता नम्बर अधिकारिक रुपमा सार्वजनिक गरेका छन् ।
उमेश बचाउको लागि बैँक खाताको विस्तृत :
Bank Account Name : Growing Nepal Foundation
A/C Number : 04900100913588000001
Bank Name : Prabhu Bank
(Kausaltar Branch)
Swiftcode : PRVUNPKA
रायले पाकिस्तान पुगी पीडित परिवारसँग भेट गर्दै ब्लडमनीको लागि ३० लाख रुपैयाँ चाहिने जानकारी फेसबुक मार्फत सार्वजनिक गरेपछि दाताहरु सहयोगको लागि अपिल समेत गरिएको छ ।
यसअघि उमेशको आमाबुवाको नाममा सँयुक्त बैँक खाता सार्वजनिक गरिने जनाइएपनि समय कम र विशेष कारणवंश फाउण्डेशनकै नाममा सार्वजनिक गर्नुपरेको बताएका छन् । सार्वजनिक गरिएको बैँक खाता अधिकारिक हो ।
न्यूज ब्यूरोका प्रधान सम्पादक काशिन्द्र शर्मासँग गरेको पूर्व कुराकानी र सहमतिको आधारमा यसअघि उमेशको आमावुवाकै नामबाट बैँक खाता सार्वजनिक गरिने भएपनि उमेश बचाउको लागि समय अति नै कम भएकोले तत्कालै फाउण्डेशनको बैँक खाता उपलब्ध गराइएको जनाइएको छ ।
रायले भिडियो सन्देश जारी गर्दै बैँक खातामा जम्मा भएको रकम हरेक दिनको हिसाब सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…