पुस २७ गतेको सार्वजनिक विदा सच्याउनुपर्छ, पृथ्वीनारायण एकताको प्रतीक कसरी ?: पासवान
मँगलबार माओवादीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री रामबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मधेश प्रदेश समितिको तर्फबाट उनले माग अघि सारेका हुन् । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा भोली बुधबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।

२०७९ पुस २६ मंगलबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी (केन्द्र) निकट वाईसिएल मधेश प्रदेशका ईन्चार्ज अनिल कुमार पासवानले सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन दिने सार्वजनिक विदामा पुनःनिर्णय गर्न माग गरेका छन् ।
पृथ्वी नारायण एकताको प्रतीक नभएको भन्दै उनले सरकारले पुस २७ गते विदा दिने निर्णय सच्याउनुपर्ने माग राखेका छन् ।
काठमान्डौँमा जारी वाईसिएल नेपालको तेस्रो पूर्ण बैठकमा बोल्दै पासवानले पृथ्वीनारायण साहको एकताको प्रतीक कसरी भयो ? मधेशी, आदिवासी, जनजाती, दलितको लागि एकताको प्रतिक कसरी भयो ? प्रश्न गर्दै उनले उनको जयन्तीमा दिईने सार्वजनिक विदा हटाउनुपर्ने माग राखे ।
मँगलबार माओवादीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वसभामुख, पूर्व गृहमन्त्री कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मधेश प्रदेश समितिको तर्फबाट उनले माग अघि सारेका हुन् । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा भोली बुधबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।
वाइसीएलका केन्द्रिय अध्यक्ष सुबोध सेर्पालीको अध्यक्षतामा सम्पन्न बैठकमा संचालक संगठनका महासचिव गणेश शाही, विशिस्ट अतिथिमा वाइसीएल केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा), वाइसीएलको वरिष्ठ उपाध्यक्ष कसम उपाध्यक्ष , उमेश घोरासैनी सहितको उपस्थितिमा पासवानले सो कुराको जोडदार माग गरे ।
भोलि बुधबार अन्तिम बैठकको प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्ड रहने तथा उनको सामुन्ने समेत उनले यही कुरा दोहराउने ईन्चार्ज पासवानले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…