धनुषाको कमला नगरपालिकामा फ्री स्वास्थ्य शिविर, पहिलो दिन करिब १००० जनाले गराए चेकजाँच
कमला त्रिनेत्र युवा सँजालका अध्यक्ष जँगेश कामत, कौशलेन्द्र गोईत, गणेश मण्डल, राम उदगार मण्डल, सुरेन्द्र मण्डल, रुपेश गोईत लगायतका युवाहरुले दिनभरि स्वयँमसेवको रुपमा सहयोग गरेको हो । सोही सँजालबाट मिडिया कोर्डिनेटरको रुपमा रितेश शर्माले रिपोर्टिँग गरेका थिए ।

२०७९ पुस २२ शुक्रबार, राति ८:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित सँचालनमा आएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिब १००० जनाले सेवा लिएका छन् ।
शुक्रबार पहिलो दिन भएको स्वास्थ्य शिविरको क्रममा कमला नगरपालिकासहित आसपासको स्थानीय तहका सर्वसाधारणहरुले समेत सेवा लिएका हुन् ।
जनकपुरधामस्थित रहेको सूर्यतारा डायबिटिस थाईराईड एण्ड ईन्डोक्राईन सेन्टर प्रा.लि. को आयोजनामा सँचालन भईरहेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको क्रममा पहिलो दिन करिब १००० जनाले चेकजाँच गराएका हुन् ।
डेढ दर्जन विशेष डाक्टरहरुको टोलीले कमला नगरपालिका वडा नम्बर ३ लगमाको हनुमानचोकस्थित शिविर लगाएको छ । सो शिविरको क्रममा छिमेकी जिल्ला सिरहाबाट समेत सर्वसाधारणहरु चेकजाँचको लागि आएको आयोजक सँस्थाका प्रबन्धक डाक्टर सितेश गोईतले जानकारी दिए ।
चिसो मौसमका कारण सर्वसाधारणहरु निःशुल्क सेवा लिनको लागि अपेक्षाकृत रुपमा नआएपनि भोली शनिबार हुने अन्तिम दिनमा अधिक सर्वसाधारणहरु चेकजाँचको लागि आउने दाबी गरे ।
डाक्टर गोईतका अनुसार, दुई दिने निःशुल्क चेकजाँच शिविरको क्रममा ब्लड टेस्ट, किडनी, लिभर, पिसाब टेष्टको साथै ईसिजी, अल्ट्राउण्ड (भिडियो एक्सरे), सर्जरी तर्फ समेत सेवा दिएका हुन् ।
जनकपुरको चर्चित डाक्टरहरुको टोलीले सर्वसाधारणलाई सेवा दिएको हो । शनिबार समेत ती टोलीले निःशुल्क सेवा दिने भएको छ ।

शुक्रबार भएको निःशुल्क स्वास्थ्य शिविरमा डायबिटिज, थाईराईड र नशा रोग विशेषज्ञ डा. सितेश गोईत, स्त्री तथा प्रसुति रोग विशेष डा. तेजशँकर यादव, जेनेरल तथा ल्याप्रोस्कोपीक डा. नविन प्रताप साह, वरिष्ठ कन्सलन्टेन्ट सर्जन डा. नागेन्द्र प्रसाद यादव, पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुनिल कुमार मरिक, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश कुमार साह, जेनेरल फिजिसिएन डा. श्याम बाबु साह, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. ऋषी राज साह, मुख तथा दाँत रोग विशेषज्ञ डा. मिनु यादवले सेवा दिएका हुन् ।
यसको साथै, छाती तथा फोक्सो रोग विशेषज्ञ डा. राजेश किशोर यादव, मेडिकल अफिसर डा. उदय कुमार गोईत, शहिद गँगालाल यादव हृदय रोगकेन्द्र जनकपुरका डा. प्रमोद यादव, मेडिकल अफिसर डा. सितल गोईत र आँखा (दृष्टि) रोग विशेषज्ञ डा. सँजय कुमार यादव लगायतको कुशल चिकित्कहरुको समूहले सेवा दिएको हो ।

निःशुल्क स्वास्थ्य शिविरको लागि स्थानीय नव गठित कमला त्रिनेत्र युवा सँजाल नामक स्थानीय क्लबले सहयोग गरेका छन् । सँजालका युवाहरुले विहानैदेखि स्वयँसेवकको रुपमा खटेर स्वास्थ्य शिविरलाई सहयोग गरेको हो ।
कमला त्रिनेत्र युवा सँजालका अध्यक्ष जँगेश कामत, कौशलेन्द्र गोईत, गणेश मण्डल, राम उदगार मण्डल, सुरेन्द्र मण्डल, रुपेश गोईत लगायतका युवाहरुले दिनभरि स्वयँमसेवको रुपमा सहयोग गरेको हो । सोही सँजालबाट मिडिया कोर्डिनेटरको रुपमा रितेश शर्माले रिपोर्टिँग गरेका थिए ।
भोली शनिबार समेत विहान १० बजेदेखि साँझ ४ बजेसम्म निःशुल्क रुपमा चेकजाँच र निःशुल्क औषधी वितरण कार्य हुने डा. सितेश गोईतले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…