पारालाईसिस पीडित मालीलाई ७३ हजार सहयोग
पीडित ब्रहम्देवको घरमै पुगेर उनीहरुले सो आर्थिक रकम सहयोग गरेको हो । यसका साथै, उनलाई आगामी दिनमा उपचारको लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

२०७९ पुस १९ मंगलबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक पारालाईसिस पीडितलाई माली समुदायले सहयोग गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा रहेका धनुषाका माली समुदायका युवाहरुले आर्थिक सहयोग गरेका छन् । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ कट्टि निकाल बस्ने अन्दाजी बर्ष ५० का ब्रहम्देव मालीलाई सहयोग गरिएको हो ।
केही दिन अगाडी उनलाई परालाईसिसले सताएपछि अपाँग बनेका मालीलाई विदेशमा रहेका युवाहरुले आर्थिक सँकलन गरी सहयोग गरेको हो । मालीलाई ७३ हजार ३०० रुपैयाँ सहयोग गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नारायण भण्डारी, सत्तो भण्डारी र जय प्रकाश भण्डारी मिलेर रकम सँकलन गरी उनलाई हस्तान्तरण गरेको हो ।
पीडित ब्रहम्देवको घरमै पुगेर उनीहरुले सो आर्थिक रकम सहयोग गरेको हो । यसका साथै, उनलाई आगामी दिनमा उपचारको लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…