मधेश प्रदेशमा एमालेको सँसदीय दलको नेत मा तीन दाबेदार, सत्रुधन सिँह बलिया

२०७९ पौष १९ मंगलबार
दिउसो १:०४ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को मधेश प्रदेशको सँसदीय दलको नेता आज चुनिदै छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बस्ने पार्टीको बैठकबाट मधेश प्रदेशको सँसदीय दलको नेता चयन हुने छ । यसको लागि तीन दिग्गज प्रदेश साँसद आकांक्षी रहेका छन् । 

मँगलबार (आज) हुन लागेको सँसदीय दलको नेता छनौटको लागि शत्रुधन प्रसाद सिंह, सरोज कुमार यादव र रामचन्द्र मण्डलको चर्चा अधिक छ । दलको नेताका लागि आकांक्षी उनीहरुभन्दा अधिक भएपनि मुख्य दाबेदारका रुपमा यी तिनै जनालाई हेरिएको छ ।

शत्रुधन प्रसाद सिंह (सिरहा) , रामचन्द्र मण्डल (धनुषा), सरोज कुमार यादव (महोत्तरी) दलको नेता बन्नेमा धेरै चर्चा छ । तिनैजना प्रत्यक्ष निर्वाचित एवं एमालेका केन्द्रीय सदस्य छन् ।

सिरहा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शत्रुधन प्रसाद सिंह सिरहा जिल्ला एमालेका पार्टीका सदस्य समेत हुन् । वरिष्ठताका आधारमा भने शत्रुधन प्रसाद सिंहले आफू दलको नेता बन्नु पर्ने दाबी गर्छन् ।

अहिलेको निर्वाचित पार्टीका प्रदेश सभा सदस्यहरु मध्ये केन्द्रीय तहका सब भन्दा पुरानो मन्त्री भएकै सिंह हो, यस आधारमा पर्ने सबैभन्दा वरिष्ठताका नेता छन् । तर पार्टीमा जो कोही दलका नेतामा आकांक्षीवा दाबी गर्न सक्छन् । पार्टीले जे निणर्य गर्छ त्यो नै सर्वमान्य हुन्छ ।’

तिनजना मध्ये दुई जना शत्रुधन प्रसाद सिंह अथवा रामचन्द्र मण्डल बन्ने प्रवल सम्भावना रहेको एक नवनिर्वाचित सांसदले बताए ।

एमाले प्रदेश सभाको ठूलो दलको रुपमा रहने सम्भावना छ । यो प्रदेशमा जनमत पार्टीलाई पनि सहमतिमा ल्याउने कसरतमा छ । चुनावी गठबन्धन गरेको जसपाले समेत एमालेसँगको सहकार्य अन्त्यको घोषणा गरेकाले उसलाई सरकार बनाउन बहुमत पुर्याउन कठिन देखिन्छ ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो हुँदा २२ सिटसहित कांग्रेस दोस्रो दलको हैसियतमा छ । 

यस्तै १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । ६ स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एकएक सिट रहेको छ ।

२०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ ।

  • 3%
  • 83%
  • 3%
  • 3%
  • 5%
  • 3%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७९ पौष १९ मंगलबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus