सुनुयोजित तरिकाले मेरो नाम बदनाम गर्न खोज्योः मेयर दास
उनले लेखेका छन्–“केही पत्रकारले कसैको उक्साहटमा म बेचन दास लाई बदनाम गरि आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लागेको हुन सक्छ । समाजको ऐना भनिने पत्रकारिता जगतका केहि पत्रकारले आफुलाई पटक पटक बदनाम गर्ने कार्यमा लागेको हुन्छन् त्यसता कार्य नगर्नका लागी अनुरोध छ । घटना बारेमा सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया वा समाजिक संजालमा केही लेख्नका लागी सबैमा सादर अनुरोध छ ।

२०७९ पुस १८ सोमबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पत्रकारलाई छातीको हाड भाँच्ने धम्की दिएको समाचारहरु सँचारमाध्यममा आएपछि आरोपित मेयरले आफ्नो नाम बदनाम गर्न खोजेको भन्दै तथ्य खण्डन गरेका छन् ।
धनुषाको विदेह नगरापालिकाका मेयर बेचन दासले आफूमाथि लगाईएको आरोप भ्रामक र झुठो रहेको भन्दै खण्डन गरेका छन् । उनले आफू कसैलाई धाकधम्की नदिएको बताएका छन् ।
मेयर दासले आफ्नो फेसबुकमा समाचारहरुको खण्डन गर्दै सँचारकर्मी शैलेन्द्र महतोलाई आफू धाकधम्की नदिएको दाबी गरेका छन् ।
“म नगर प्रमुख बेचन दास प्रेस स्वतन्त्रता मानव अधिकार र पत्रकार हरुको हक हितका लागी सदैव ओकालत गर्दै आएको मान्छे हु ११ पत्रकारिता क्षेत्र लाई आफुले सदैव उच्च सम्मान गर्दै आएको छु ।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
प्रदेश सभाको सपथ ग्रहण कार्यक्रममा सयौं नेताकार्यकर्ता र दर्जनौं पत्रकारको उपस्थित रहेकोमा उपस्थित पत्रकार र नेताकार्यकर्ताहरु मध्य धेरै संग कुराकानी र छलफल भएपनि कुनै धाकधम्की नदिएको दाबी गरेका छन् ।
आफुले कसैलाई पनि यस्तो अभिव्यक्ति दिएन जसले कसैको मनमा ठोस पुगोस तर केही व्यक्तिले सुनयोजित रूपमा आफुलाई धाक धम्की दिएको बिषय समाजिक संजाल फेस्बुकमा लेखेर आफुलाई बदनाम गर्ने प्रयास गरेको घटना प्रती मेरो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–“केही पत्रकारले कसैको उक्साहटमा म बेचन दास लाई बदनाम गरि आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लागेको हुन सक्छ । समाजको ऐना भनिने पत्रकारिता जगतका केहि पत्रकारले आफुलाई पटक पटक बदनाम गर्ने कार्यमा लागेको हुन्छन् त्यसता कार्य नगर्नका लागी अनुरोध छ । घटना बारेमा सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया वा समाजिक संजालमा केही लेख्नका लागी सबैमा सादर अनुरोध छ ।'
यता, पत्रकार महतोले नेपाल पत्रकार महासँघ धनुषा शाखाको सहयोगमा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत मेयर दासले धाकधम्की दिएको भन्दै कारवाहीको माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…