'प्रभु' ले खोले नयाँ पार्टी
तर, मंसिर ४ मा भएको प्रतिनिधिसभारप्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट ३ बाट निर्वाचित भएका हुन् ।

२०७९ पुस १४ बिहीबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । स्वतन्त्रबाट निर्वाचित भएका चर्चित नेता प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा भएको छ ।
बिहीबार एक कार्यक्रमका बीच साहले उक्त पार्टी घोषणा गरेका हुन् ।
पार्टीको केन्द्रीय कमिटी १५१ सदस्यीय बनाइएको छ । सातै प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको साहको सचिवालयले जानकारी दिएको छ ।
लामो समय माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजनपछि एमालेमा गएका थिए ।
तर, मंसिर ४ मा भएको प्रतिनिधिसभारप्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट ३ बाट निर्वाचित भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…