लालबाबु राउत मुख्यमन्त्री हुँदा धर्मको आधारमा गरेको विभेद हामी बिर्सन्नौँः अभियन्ता साह
एसिड पिडित आरती साह अहिले जनकपुरधामस्थित तरकारी बजारमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी हुन् । उनको श्रीमानले नै एसिड आक्रमण गर्दा उनी सख्त घाईते भएकी थिइन् ।

२०७९ पुस १३ बुधबार, दिउँसो १:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व हिन्दु परिषद् जनकपुरका मोहन साहले मो. लालबाबु राउत गद्दी मुख्यमन्त्री हुँदा गरेको विभेद आफूहरु कहिल्यै नविर्सने बताएका छन् ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनलाई मधेश सरकारको नाममा लाखौँ रुपैयाँ सहयोग गरिएपनि जनकपुरधामकी एसिड पिडित आरती साहलाई एक कौडी पनि सहयोग नगरेको भन्दै धर्मको आधारमा गरेको विभेद कहिल्यै नबिर्सिने दुःखेसो पोखेका छन् ।
एसिडबाट पीडित भएकी मुस्कान खातुनलाई धर्मकै आधारमा लाखौँ रुपैयाँ सहयोग गरिएको आरोप लगाउँदै साहले आरती साह हिन्दु भएकै कारण उनलाई सहयोगको प्रतिवद्धता गरेर पनि आवश्यक सहयोग नगरेको आरोप लगाए ।
उनले आफ्नो समाजिक सँजाल फेसबुकमा एसिड पिडित आरती साहसँगको तस्विर सेयर गर्दै “बीरगंज की एसिड पीड़िता मुस्कान खातुन मुस्लिम भएकै कारण प्रदेश सरकार बाट करोड़ो रूपैया को आर्थिक मद्त पाईन र सेलिब्रिटी नै हुन पुगिन । अर्की एसिड पीड़ित आरती साह बजारमा तरकारी बेचदै छिन मधेश प्रदेशमा पुर्व मुख्यमंत्री मोहम्मद लालबाबुले आफ्नो कार्यकाल मा धर्मको अधारमा गरेको भेदभाव लाई हामीले कहिले पनि ब्रिसिने छैनौ ।” भनेर लेखेका छन् ।
एसिड पिडित आरती साह अहिले जनकपुरधामस्थित तरकारी बजारमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी हुन् । उनको श्रीमानले नै एसिड आक्रमण गर्दा उनी सख्त घाईते भएकी थिइन् ।
यद्यपी, मधेश सरकारको पूर्व मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आरती साहलाई आफ्नै कार्यालयमा रोजगारी दिने प्रतिवद्धता जाहेर गरेका थिए । साहलाई आउँदो आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका थिए ।
आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने झाले जानकारी दिएका थिए । झा पदबाट आफैँ राजीनामा दिएर जसपाबाट चुनाव लडेका थिए भने उनी पराजित भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…