धुर्मुस सुन्तली बने १ सय २५ बालबालिकाका अभिभावक
राजकरण महतो || जलेश्वर , १४ बैशाख । महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें । फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे। तरकारीको लागि मुसा खोज्थें । तर, उनको दिन फेरिएको छ । बिहीबार नुहाएर सफा लुगा लगाई हातमा कपी, कलम

२०७५ बैशाख १४ शुक्रबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

राजकरण महतो ||
जलेश्वर , १४ बैशाख ।
महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें ।
फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे। तरकारीको लागि मुसा खोज्थें । तर, उनको दिन फेरिएको छ । बिहीबार नुहाएर सफा लुगा लगाई हातमा कपी, कलम र किताब बोकेर विद्यालय गए ।
राजकुमारका सहपाठी अनिल मुसहर पनि इट्टा भट्टा छाडेर स्कूल भर्ना भए । ११ वर्षीय अनिलमात्र होइन गाउँभरीकै १२५ जना विद्यालय जाने उमेरका बालबालिका बस्ती नजिकैको नेपाल राष्ट्रिय जनजाति आधारभुत प्राथमिक विद्यालयमा बिहीबार भर्ना भएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेसनले अभिभावकत्व ग्रहण गरी मनहर्वा दलित बस्तीका बालबालिका विद्यालय भर्ना भएको हुन् । फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे९सुन्तली० मनहर्वा पुगेर शैक्षिक सामाग्री वितरण गरेर विद्यालय बाहिर रहेका मुसहर बालबालिका भर्ना गराएकी हुन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा बस्तीका बालबालिका बिद्यालय बाहिर रहेको समाचार प्रकाशित भएपछि धुर्मुस सुन्तली फाउण्डेसनले भर्ना गर्न पहल थालेको हो । बिद्यालयको मुख नदेखेका महोत्तरीको पश्चिमी भेग फुलकहा स्थित गौशाला नगरपालिका—७ मनहर्वा मुसहर बस्तीका बालबालिका विद्यालय जाने वातावरण तयार भएको छ ।
बालबालिका विद्यालय जान पाउने भएपछि दंग भएका छन् । वर्षौदेखि शिक्षाको उज्यालो ज्योतिबाट मनहर्वा मुसहर बस्तीका बालबालिका वञ्चित थिए । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई पाँच वर्षअघि गरिब जनताको घरमा रात बिताउने कार्यक्रम अन्तर्गत मनहर्वा मुसहर बस्तीमा एक रात विताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…