मधेशमा एक मात्र 'New Life Vision School' ले क्रिसमसको साटो गरे तुलसी पूजन, चौतर्फी प्रशँसा
क्रिसमस र तुलसी पूजन दिवसको अवसरमा मधेशमै न्यू लाईफ भिजन स्कूलले मात्र तुलसी पूजनको आरम्भ गरेको छ । विद्यालयकी शिक्षिकाले पूजा बसी विद्यार्थीहरुलाई सामुहिक पूजनको लागि तयार गर्दै तुलसी पूजनको महत्व, वैज्ञानिक कारण, धार्मिक कारण र समाजिक कारणको बारेमा पनि प्रष्टयाएको थियो ।

२०७९ पुस १० आइतबार, बेलुकी ७:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले नै क्रिश्चनहरुको लागि क्रिसमस डे भन्दै सार्वजनिक विदा दिएको दिन धनुषाको एक स्कूलले तुलसी पूजन गरेको छ ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी रेल्वे स्टेशनस्थित रहेको न्यू लाईफ भिजन उच्च माध्यमिक विद्यालयमा क्रिसमसको साटो तुलसी पूजन गरेको हो ।
सनातन धर्मको अवधारणा र बालबालिकामा उच्च सँस्कार निम्त्याउन तुलसी पूजनको आरम्भ गरिएको विद्यालयका सँस्थापक सुजित कुमार यादवले बताए ।
उनका अनुसार, अन्य नीजि विद्यालयहरुमा अँग्रेजी पढाई भन्दै क्रिसमस डे भन्दै सेन्टाको साजसज्जा गरिरहँदा आफ्नो मौलिक सँस्कृतिलाई बचाउनको लागि विद्यालयमा सामुहिक तुलसी पूजन गरिएको हो ।

कक्षा ८ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुले विद्यालय परिसरमै तुलसी पौधा स्थापना गरी सामुहिक रुपमा तुलसी पूजन गरिएको सँस्थापक यादवले बताए ।
क्रिसमस डे विगत केही बर्षदेखि पश्चिमी सभ्यतालाई स्थापना गर्न लागेको भन्दै आफ्नो सनातनी मौलिक सँस्कार, सँस्कृतिलाई जीवन्त राख्न तुलसी पूजनको आयोजना गरिएको बताए ।
प्रत्येक बर्ष अँग्रेजी बर्ष डिसेम्बर २५ को दिन पश्चिमी देशहरुसहित नेपालकै विभिन्न स्कूलहरुमा क्रिसमस डे मनाइएपनि सोही दिन तुलसी पूजन दिवस समेत परेकोले तुलसी पूजन गरिएको यादवले थपे ।
उनले भने,–“अँग्रेजी पढाई गराउँदैमा आफ्नो धर्म सँस्कृतिलाई पाखा लगाउने होईन् । जुन धर्म सर्वमान्य र सँस्कारको खानी सिकाउँछ त्यो सँस्कार बालबालिकाहरुमा पनि ईन्जेक्ट गर्नु आवश्यकता छ । त्यसैले बालबालिकाहरुलाई आफ्नो धर्म सँस्कृति, पूजापाठ, निष्ठा, आदरको बारेमा पनि उत्तिकै ध्यान राख्दै आएका छौँ ।”

क्रिसमस र तुलसी पूजन दिवसको अवसरमा मधेशमै न्यू लाईफ भिजन स्कूलले मात्र तुलसी पूजनको आरम्भ गरेको छ । विद्यालयकी शिक्षिकाले पूजा बसी विद्यार्थीहरुलाई सामुहिक पूजनको लागि तयार गर्दै तुलसी पूजनको महत्व, वैज्ञानिक कारण, धार्मिक कारण र समाजिक कारणको बारेमा पनि प्रष्टयाएको थियो ।
तुलसी पूजनको क्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीसहित, शिक्षक शिक्षिका, प्रिन्सीपल रवि कुमार यादव लगायतको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…