कामतको नेतृत्वमा कमला त्रिनेत्र सँजाल गठन, वृक्षारोपण गरी सुरुवात
कमला नपा ६ का ईसराफिल अन्सारीसहित विभिन्न वडाका युवाहरुले विरुवारोपण गरी कमला त्रिनेत्र सँजाललाई स्वागत गरेका थिए । आगामी साता सदस्य विस्तार गर्ने समेत जनाइएको छ ।

२०७९ पुस १० आइतबार, बिहान ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकालाई लक्षित गरी कमला त्रिनेत्र सँजाल गठन गरिएको छ ।
कमला नगरपालिका वडा नम्बर १ मँगराहा बस्ने जँगेश कामतको अध्यक्षतामा १९ सदस्यीय कमला त्रिनेत्र सँजाल गठन गरिएको हो ।
शनिबार कमला नगरपालिका वडा नम्बर ९ दुबरकोट हथलेटवास्थित बसेको बैठकबाट नयाँ सँजालको गठन गरिएको हो ।
कमला नगरपालिकाको ९ वटै वडाबाट युवाहरु सम्मलित सँजाल गठन गरिएको अध्यक्ष कामतले बताए । उनले कमला नगरपालिकामा वैकल्पिक सँजालको रुपमा कमला त्रिनेत्र सँजाल गठन भएको बताए ।
युवाहरु एकजुट भएर विकृति, विसँगति, गलत राजनीतिक प्रोपागाण्डाको विरोध, समाजिक कुरिति, समक्षम विकासको उदेश्यसहित सो सँजाल गठन गरिएको हो ।

सँजाल गठन गरिएलगत्तै वडा नं. ९ को वडाकार्यालय परिसरमा अशोजको विरुवा रोपण गरी सँजाल शुभारम्भ गरेको हो ।
पर्यावरणप्रेमी रामबाबु साहको र वडाध्यक्ष रणवीर सिँह मण्डलको विशेष उपस्थितिमा विरुवारोपण गरिएको थियो । विरुवारोपण प्रत्येक साता चल्ने जनाइएको छ ।
कमला नपा ६ का ईसराफिल अन्सारीसहित विभिन्न वडाका युवाहरुले विरुवारोपण गरी कमला त्रिनेत्र सँजाललाई स्वागत गरेका थिए ।
सँजालको उपाध्यक्षमा ईसराफिल अन्सारी, कोषाध्यक्षमा शम्भु यादव रहेका छन् भने अन्य पदाधिकारीहरु चयन गर्न बाँकी रहेको छ । आगामी साता सदस्य विस्तार गर्ने समेत जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…