जनताराजः सरकारी अस्पतालमै उत्तम उपचारको लागि डा. सिके राउतको यस्तो कदम
अब सरकारी अस्पतालमा सेवासुविधासहित उपचार नभए उजुरी पेटिकामा उजुरी हालिएमा त्यसको सुधारको लागि डा. राउत नेतृत्वको जनमत पार्टीले एक्सन लिने भएको छ ।

२०७९ पुस ९ शनिबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरुले आफ्नो नीजि क्लीनिकमा पठाउने व्यापाक गुनासोपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नयाँ कदम चालेका छन् ।
गरिब, विपन्न, मध्यम वर्गीय परिवारलाई सरकारी अस्पतालमै सुविधाजनक उपचारको लागि सरकारले सुविधा दिएपनि निजी क्लीनिक र अस्पतालमा पठाउने उदेश्यले सरकारी अस्पतालमा उपचार नगर्ने गरेको गुनासोपछि सप्तरीको अस्पतालमा बोर्ड लगाईएको छ ।
तपाईको उपचार किन र के कारणले यही अस्पताल नभएको भनेर डाक्टरको पूर्जासहितको फोटोकापी र उजुरी समेत उजुरी पेटिकामा हाल्न अनुरोध गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद सतिश कुमार सिँह र (ख) का रामबाबु यादवले सँयुक्त रुपमा अस्पतालमा उजुरी पेटिका राखेका छन् ।
सरकारी अस्पतालमा उपचार गराउन जाने विरामीहरुलाई दुरव्यवहार, उपचार नै नगर्ने, दलाल मार्फत नीजि क्लीनिकमा पठाई चर्को रकम असुल्ने गरेको गुनासोपछि उजुरी पेटिका राखिएको हो ।
अब सरकारी अस्पतालमा सेवासुविधासहित उपचार नभए उजुरी पेटिकामा उजुरी हालिएमा त्यसको सुधारको लागि डा. राउत नेतृत्वको जनमत पार्टीले एक्सन लिने भएको छ ।
डा. सिके राउतले ल्याएको जनताराजको अवधारणको पहिलो पाईलाको सुरुवात गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…