भुकम्पमा ज्यान गुमाएकाहरुप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
न्यूज ब्यूरो || काठमाडौं १२, बैशाख । गत वि.स. २०७२ सालमा आएको महाशक्तिशाली एवम् विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । लियो क्लब काठमाडौँ मातृभूमिद्धारा काठमान्डौँ पाटन कृष्ण मन्दिरमा आयोजना गरिएको दीप प्रज्वलन एवम् श्रद्धाञ्जली कार्यक्रममा महाविनाश

२०७५ बैशाख १२ बुधबार, राति ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौं १२, बैशाख । गत वि.स. २०७२ सालमा आएको महाशक्तिशाली एवम् विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
लियो क्लब काठमाडौँ मातृभूमिद्धारा काठमान्डौँ पाटन कृष्ण मन्दिरमा आयोजना गरिएको दीप प्रज्वलन एवम् श्रद्धाञ्जली कार्यक्रममा महाविनाशकारी भुकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना समेत गरेका छन् ।

क्लबका द सरोज कुमार महतोको अगुवाईमा क्लबका अन्य पदाधिकारी एवम् सर्वसाधारणहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
गत वि.स. २०७२ साल बैशाख १२ गते आजैका दिन १२ बजेर ५२ मिनेटमा गएको महाशक्तिशाली, प्रलयकारी भुकम्पमा परी नेपालमा झण्डै १० हजारको मानवीय क्षति भएको थियो भने अर्बौ खर्बौको सम्पति समेतको क्षति भएको थियो ।

दीप प्रज्वलन एवम् श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले मैनबत्ति बाल्दै मृतकहरुप्रति चीर शान्तिको कामना गर्दै मौनधारण सहित श्रद्धाञ्जली दिएका थिए । दीप प्रज्वलन एवम् श्रद्धाञ्जली कार्यक्रममा बालबालिकाहरुले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…