जनकपुरका पत्रकारहरुलाई निर्वाचन आयोगले पत्रकार सम्मेलनमा छिर्न दिएनन
शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिइएको थियो ।

२०७९ पुस ३ आइतबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले आयोजना गरेको एक पत्रकार सम्मेलनमा जनकपुरका पत्रकारहरुलाई भित्र छिर्न दिएनन् ।
निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरूलाई निर्वाचन आयोगको पत्रकार सम्मेल्लनमा छिर्न नदिएपछि उनीहरुले पत्रकार सम्मेलन बहिष्कार गरे ।
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरूले पत्रकार सम्मेलन बहिष्कार गरेका थिए ।
शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिइएको थियो ।
सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका थिए ।
यद्यपी, त्यतिबेला पत्रकार सम्मेलन बहिष्कार गरेका पत्रकारहरुले केही बेरमै निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको मतपरिणासहितको प्रतिवेदनको बारेमा समाचार प्रकाशित गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…