जनकपुरः मोटरसाईकलको ट्याँकीबाट २४ लाख रुपैयाँ पक्राउ
यसको लागि नम्बर ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी नीरिक्षक केदारप्रसाद सापकोटा र बिओपी धनौजीबाट ईन्सपेक्टर मनिष कुमार कटुवालको कमाण्डमा गएको कुल १२ जनाको प्रहरी टोलीले मोटरसाईकलसहित रकम नियन्त्रणमा लिएको हो ।

२०७९ मंसिर २७ मंगलबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट सशस्त्र प्रहरीले २४ लाख बढी रुपैयाँ पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले मोटरसाईकलको ट्याँकीमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको २४ लाख १७ हजार रुपैयाँ बरामद गरेको हो ।
मँगलबार बिहान करिब ११ बजेको समयमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ९ ईटहर्बास्थितबाट प्रदेश २–००२–००५ प ५७९८ नम्बरको निलो रँगको पस्लर मोटरसाईकलको ट्याँकीमा लुकाई राखेको २४ लाख १७ हजार नेपाली रुपैयाँ सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
सशस्त्र प्रहरीको नम्बर २ छिनमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरको स्पेशल टास्क फोर्स (सुराकी) को आधारमा सो रकम बरामद गर्न सफल भएको हो ।
नम्बर २ छिनमस्ता बाहिनीबाट सशस्त्र प्रहरी हबल्दार आत्माराम राउतको कमाण्डमा गएको सशस्त्र प्रहरीको टोलीले लुकाई छिपाई भारतबाट नेपाल ल्याउँदै गरेको सो रकम बरामद गरेको हो ।
यसको लागि नम्बर ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी नीरिक्षक केदारप्रसाद सापकोटा र बिओपी धनौजीबाट ईन्सपेक्टर मनिष कुमार कटुवालको कमाण्डमा गएको कुल १२ जनाको प्रहरी टोलीले मोटरसाईकलसहित रकम नियन्त्रणमा लिएको हो ।
मोटरसाईकलको मूल्य गरी कुल २६ लाख १७ हजार रुपैयाँलाई कारवाहीको लागि भन्सार कार्यालय पठाएको जनाइएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाको मँगपटिट् बस्ने अन्दाजी बर्ष २३ को उमेश कुमार रहेका छन् । उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…