जनकपुरः प्रहरीको नाकमुनीबाटै मुर्गा पसलमा चोरी
जनकपुरको हनुमाननगर प्रहरीचौकीको ड्युटी रहँदै आएकोमा प्रहरीकै नाममुनिबाट चोरी हुँदा प्रहरीले नदेखेको भन्दा शंका उत्पन्न भएको छ ।

२०७९ मंसिर २७ मंगलबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीको २४ सै घण्टा ड्युटी रहेको जनकपुरधामको क्याम्पसचोकस्थित एक कुखुरा मासु पसलमा चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचोकस्थित रहेको एक कुखुरा मासु पसलमा आईतबार राती २ बजे (सोमबार बिहान) चोरी भएको हो ।
क्याम्पस चोकमा मासु पसल थाप्दै आएका मो. सलिमको कुखुरा मासु पसलबाट ग्यासँ सिलिण्डर र चुल्हो चोरी गरेर लगेको हो ।
त्यहाँ जडान भएको सिसिटिभी क्यामेरामा एक पुरुष काँधमा ग्यास सिलिण्डर उठाएर लगिरहेको देखिएको छ । सो ठाउँमा २४ सै घण्टा प्रहरीको ड्युटी रहने गरेको छ ।
जनकपुरको हनुमाननगर प्रहरीचौकीको ड्युटी रहँदै आएकोमा प्रहरीकै नाममुनिबाट चोरी हुँदा प्रहरीले नदेखेको भन्दा शंका उत्पन्न भएको छ ।
पसलबाट मात्र ग्यास सिलिण्डर चुल्हा बाहेक अन्य केही नभएकोले थप केही चोरी नभएको साहु सलिमले बताए । उनले प्रहरीको ड्युटीमा शंका प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…