जनकपुरः सम्पतिको लागि आफ्नै बुहारी र नातिनी (पोती) ले वृद्धलाई चप्पलै चप्पलले कुटेपछि...
अहिले सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा छलफल भईरहेको जानकारी प्राप्त भएको छ । समाजिक सँजालमा ती बुहारी र नातिनीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन माग गर्दै प्रहरीले नगरे समाजिक कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

२०७९ मंसिर २५ आइतबार, दिउँसो ४:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भनिन्छ, “मिथिला–मधेश सँस्कारको खानी हो ।” तर, यहाँ आफ्नै बुहारी र नातिनीले एक वृद्धलाई चप्पलै चप्पलले कुटेको भिडियो बाहिरिएको छ ।
सम्पतिको लागि आफ्नै हजुरबुवा (बाबा) लाई चप्पलले कुटेको भिडियो अहिले समाजिक सँजालमा भाईरल बनेको छ । यो घटना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बजरँगचोकको हो ।
स्थानीय ८० बर्षिय रामआधार चौधरीलाई उनकै महिला (मझिला) बुहारी र उनकी छोरी मिलेर निर्घात कुटपिट गरेको भिडियो बाहिरिएको हो ।
आफ्नै घरमा बस्न जाँदा मृत्यू भएका मझिला छोराकी श्रीमति र उनको छोरी (नातिनी) ले वृद्ध रामआधार चौधरीलाई घरबाट निकाल्दै चप्पलले कुटेको भिडियो समाजिक सँजालमा भाईरल बनेको छ ।
मझिला छोरा मनोज चौधरीको गत बर्ष नै अकाल मृत्यू भएपछि उनकी श्रीमति र छोरीले पटक पटक वृद्ध रामआधार चौधरीलाई कुटपिट गर्दै आएको पीडितले जनाएको छ ।
कुनै कुनै दिन मुखमा कपडा बाँधेर उनलाई घरभित्रै यातना दिएको वृद्ध रामआधार चौधरीले पीडा पोखे । पत्रकार मुकेश दुवेले बनाएको एक भिडियोमा उनले तीन छोरामध्ये एक छोरा धनगढी बसेको र मझिला छोरा तथा कान्छो छोरा जनकपुरमा बस्दै आउँदा सबै सम्पति मनोजकी श्रीमति र छोरीले नै लिनुपर्ने भन्दै पटक पटक कुटपिट गरेको बताएका छन् ।
सोही क्रममा वृद्ध रामआधार चौधरीले आफ्नो छोरालाई समेत भारतमै बुहारीले नै मारिदिएको गम्भिर आरोप समेत लगाएका छन् । उनले आफ्नो ससुरालीमै हुँदा उनको मृत्यू भएको र आफूहरुलाई केही थाहा नै नभएको सुनाए ।
मृतक मनोज चौधरीको ससुराली र कुटने बुहारीको माईती भारतको बिहारको पँचौलमा छ । उनले आईतबार बिहान पनि भारतीय गुण्डाहरुलाई बोलाएर कुटपिट गर्न लगाएको आरोप लगाएका छन् ।
प्रहरी आएपछि प्रहरीले ती भारतीय गुण्डाहरुलाई भगाएर आफ्नो कान्छी बुहारी अर्थात कान्छो छोरा सँतोष चौधरीलाई समेत पक्राउ गर्न लगाएको बताएका छन् ।
जनकपुरस्थित रहेको बलबा प्रहरी चौकीका ईन्चार्जले कुटने बुहारीसँग रकम लिएर उल्टै आफ्नो कान्छो छोरा र बुहारीलाई पक्राउ गरी लगेको आरोप उनले लगाएका छन् ।
रामआधार चौधरीले पटक पटक प्रहरीमा उजुरी, निवेदन हालेपनि उनलाई कारवाहीको सट्टा आफूलाई नै प्रहरीले यातना दिएको आरोप लगाएका छन् ।
सम्पत्ति बाँडफाँडको लागि महिला बुहारीले नमानेको तथा सबै सम्पति आफ्नै नाममा हुनुपर्ने अडानसहित वृद्ध रामआधार चौधरीलाई पटक पटक घरभित्रै यातना दिएको आरोप उनले लगाएका छन् ।
अहिले सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा छलफल भईरहेको जानकारी प्राप्त भएको छ । समाजिक सँजालमा ती बुहारी र नातिनीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन माग गर्दै प्रहरीले नगरे समाजिक कारवाही गरिने चेतावनी समेत दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…