जानकी मेडिकलको ईमेरजेन्सीमा विरामीहरु झूलमा कैद
रबि कुमार शर्मा || जनकपुरधाम, १२ बैशाख । जनकपुर स्थित जानकी मेडिकल कलेजको ब्रम्हपुरीस्थित शिक्षण अस्पतालमा राती आकस्मिक र अन्य कक्षमा उपचारार्थ रहेका बिरामीको उपचार गर्ने बेडमा झुल झुण्डियाइएको देखियो । अस्पताल अरु ठाँउभन्दा सफा र लामखुट्टे–झिँगामुक्त हुनुपर्छ । लामखुट्टेको टोकाइ र झिँगाले रोगहरु सा

२०७५ बैशाख १२ बुधबार, बिहान ९:४३ बजे२ मिनेट पढाइ

रबि कुमार शर्मा ||
जनकपुरधाम, १२ बैशाख । जनकपुर स्थित जानकी मेडिकल कलेजको ब्रम्हपुरीस्थित शिक्षण अस्पतालमा राती आकस्मिक र अन्य कक्षमा उपचारार्थ रहेका बिरामीको उपचार गर्ने बेडमा झुल झुण्डियाइएको देखियो ।
अस्पताल अरु ठाँउभन्दा सफा र लामखुट्टे–झिँगामुक्त हुनुपर्छ । लामखुट्टेको टोकाइ र झिँगाले रोगहरु सार्ने काम गर्दछन् ।
विरामीसँगै आएका कुरुवा राजन श्रेष्ठले भने, ,‘बिरामी र कुरुवा दुवैलाई झुल चाहिन्छ,झुल नभए लामखुट्टे धपाउँदै रात काट्नुपर्छ, त्यति मात्रै कहाँ हो र ? सरकारी आस्पताल होस या निजि होस डाक्टर, अस्पताल र औषधि पसलेहरु को त ठुलै गोरख धन्दा छ बा , न्यूज ब्यूरो सहकर्मी रबि शर्मासँग भने ।
अस्पताल र औषधी पसल समेत प्रायः मेडिकल माफिया नै चलाउने गरेको आरोप समेत लगाए । चिकित्सक कहिले नै समयमा उपलब्ध हुदैनन, बिरामीहरु बिचल्लीमा हुँदै निरास भएर घर फर्किने गुनासो समेत उनले गरे ।
निजि अस्पतालमा राम्रो सुबिधा पाइन्छ भन्ने सोचले गएका बिरामी अत्याधिक पैसा खर्च गर्दा पनी बिरामीहरु भने निरास हुँदै फर्किने गरेको बताए। 
अस्पतालमा उपचारार्थ बिरामीले लामुखट्टेले टोकेर सुत्नै नदिएपछि बाध्यतावंश झुल बाँधेको बताए ।
महोत्तरीको पिपराबाट रक्तचाप सम्बन्धिको उपचार गराउन आएका सहदेव साहले भने, ‘दिनमा पनि लामखुट्टे लाग्छ, राती त सुत्नै दिदैन । ’ लामखुट्टेको टोकाइबाट जोगिन बिरामीले घरबाटै झुल बोकर आउन थालेका छन् ।
शिक्षण अस्पतालको आकस्मीक कक्षमा बुवाको उपचार गराउनका लागि जनकपुरका राजन श्रेष्ठले घरबाटै झुल बोकेर आए । ‘झुल नझुण्डीयाए लामखुट्टेले आराम पनि हाराम गर्छ ।
बिरामी भेट्न अस्पताल जाने आफन्तले लामखुट्टे धपाउन प्रयोग गरिने धुप पनि बोकेर जाने गरेका छन् । बिरामी भेट्न पुगेका जनकपुर–९ का विमलेश सिंहले लामखुट्टेको आतंकले बिरामीको स्वास्थ्यमा असर पुगिरहेको बताए ।
‘अस्पतालमा बिरामी निको हुन आउँछन्,’ सिंहले भने, ‘लामखुट्टेले टोकर थप बिरामी परिएला भन्ने पिर छ ।’सहरमा फोहोरको डंगुर बढी हुन थालेपछि जनकपुर क्षेत्रमा यत्रतत्र फोहोरहरु देख्न सकिन्छ ।
घर र पसलको फोहर सडकमै विसर्जन भइरहँदा सहरको फोहर व्यवस्थापनमा उप–महानगरपालिकाले चासो नदेखाउँदा जनकपुर कुरुप मात्रै होइन, लामखुट्टेका कारण हैरान बनेको जनकपुरवासीको कथन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…