स्कूलका बालबालिकाहरुलाई नियमित आँखा र कान चेकजाँच हुनुपर्छः मेयर यादव
कार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादव, समाजसेवी लालबाबु हाथी, रुदल यादव सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

२०७९ मंसिर १९ सोमबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्यालयस्तरमा गएर बालबालिकाहरुलाई नियमित आँखा र कानको चेकअप हुनुपर्ने धारणासहित शहिदनगर नगरपालिकाले नयाँ योजना थाल्ने भएको छ ।
शहिदनगर नग।पालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले नगरभित्र रहेको सबै समुदायिक तथा नीजि विद्यालयहरुमा बालबालिकाहरुको नियमित आँखा र कान चेकजाँच गर्न सकिए उनीहरुको अध्ययनमा थप सहजता हुने बताएका छन् ।
मेयर यादवकै अध्यक्षतामा भएको बालबालिकाहरुको आँखा र कान परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै मेयर यादवले बालबालिकाहरुमा मोबाईल, टेलिभिजन र इलेक्ट्रीक डिभाईसको प्रयोगले कलिलो उमेरमै आँखा पर्याप्त हेर्न नसक्ने तथा कानमा हेडफोन, इयरफोन र डिजेको आवाजले श्रवण शक्ति समेतमा असर पुगेको कारण पठनपाठनमा असहज हुने गरेको गुनासोपछि नियमित परीक्षणको धारणा राखे ।
उनले स्वास्थ्य शाखाको समन्वयमा नगरभरिको विद्यालयको बालबालिकाहरुको आँखा र कानको चेकजाँच परीक्षण नियमति रुपमा गर्न निर्देशन समेत दिए ।
स्वास्थ्य शाखाका सँयोजक कपिलदेव अधिकारीले सरकोकारबालाहरुसँगको अभिमुखिकरणपछि विद्यालयमा कुन प्रकारले परीक्षण गर्ने बारे खाका तयार पारिने बताए ।
कार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादव, समाजसेवी लालबाबु हाथी, रुदल यादव सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…