प्रदेश २ को बजेट १ अर्ब, मधेस आन्दोलनका सहिद बिर्सिइयो
न्यूज ब्यूरो || जनकपुरधाम, ११ बैशाख । प्रदेश नम्बर २ को प्रदेश सरकारले मंगलवार प्रदेश सभामा बजेट पेश गरेको छ । प्रदेश सभाको मंगलवार बसेको बैठकमा अर्थ तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । चालु ७५ करोड ८० लाख ३१ हजार र पूँजीगत तर्फ ४४ करोड २४ लाख ६८ हजा

२०७५ बैशाख ११ मंगलबार, दिउँसो ४:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ११ बैशाख । प्रदेश नम्बर २ को प्रदेश सरकारले मंगलवार प्रदेश सभामा बजेट पेश गरेको छ । प्रदेश सभाको मंगलवार बसेको बैठकमा अर्थ तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
चालु ७५ करोड ८० लाख ३१ हजार र पूँजीगत तर्फ ४४ करोड २४ लाख ६८ हजार छुट्टाइएको छ । बजेटमा प्रदेश सांसदका लागि सांसद विकास कोषमा १० लाख बिनियोजन गरिएको छ ।
मधेस आन्दोलनका शहीदको लागि भने कुनै नयाँ कार्यक्रम नआएको सांसदहरुले बताएका छन् । यसअघि मधेश आन्दोलनका क्रममा मधेसवादी दलहरुले मधेस सरकार गठन भएपछि ५० लाख रुपैया दिने घोषणा गरेका थिए ।
"मुख्यमन्त्री बेटी बेटी पढाऔं बेटी बचाऔ अभियान" का लागि ८० लाख रुपैया छुट्टाइएको छ । प्राकृतिक विपद् कोषका लागि २ करोड रुपैया र राहात पुनस्थापनाका लागि " मुख्यमन्त्री राहात तथा पुनस्थापना कोष" का लागि ५ करोड रुपैया छुट्टाइएको छ ।
कृषि र सिंचाइका लागि ९ करोड तथा "स्वच्छ प्रदेश स्वच्छ जनाताु मुख्यमन्त्री स्वच्छता अभियान" का लागि १ करोड ५० लाख छुट्टाइएको छ ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटले प्राथमिकता दिएको मन्त्री यादवले बताए । प्रदेश सभाको मंगलवार नै बस्ने दोस्रो बैठकमा बजेटमाथि छलफल गर्ने कार्यक्रम छ ।
साभार : अजय अनुरागी र लोकान्तर
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…