उमाशंकर अरगरिया चुनाव हार्न थालेपछि मतगणना रोक्न खोजेका थिएः रामचन्द्र झा 

२०७९ मङ्सिर १५ बिहीबार
बेलुकी ६:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) का नेता रामचन्द्र झाले एमालेका नेता उमाशंकर अरगरियालाई हार्न थालेपछि मतगणना रोक्न खोजेको प्रष्टयाएका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार समेत रहेका पूर्वमन्त्री रामचन्द्र झाले पूर्वमन्त्री एवम् एमालेका नेता उमाशंकर अगरियाले चुनाव हारेपछि बखेडा खडा गरेको आरोप लगाएका छन् । 

उनले आफ्नो फेसबुक पेजमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिणाम र त्यसपछिको अरण्यरोदन शिर्षक दिँदै उमाशंकर अरगरियाले चुनाव हार्न थालेपछि मतगणना स्थलमै मगणना रोक्ने प्रयास गरेको बताएका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका रामकृष्ण यादव निर्वाचित भईसकेपछि जनकपुर लगायत अन्य ठाउँमा पुनः मतगणनाको माग उमाशंकर अरगरियाले गर्न थालेपछि नेता रामचन्द्र झाले चुप्पी तोडेका छन् । 

उनले अरगरियालाई लक्षित गर्दै एमालेका उम्मेदवारको अरण्यरोदन सुनेर लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने जोकोहीलाई पनि विस्मित बनाएको होला भनेर उल्लेख गरेका छन् । 

उनले लेखेको स्टेटसमा धनुषाको तिनकोरिया स्कूलमा मतगणना जारी रहँदा हँसपुर नगरपालिकाको चार वटा वडाहरुमध्ये २ बजे रातीमा तीन वटा वडाको मतगणना सम्पन्न हुँदा नेपाली काँग्रेसको मत अधिकत रहेको र चौथो तथा अन्तिम वडाको मोरहा–रुदौलीको मत थक्की लागिसेको अवस्थामा रुख छापको मत अधिक देखिएपछि अरगरियाले आफ्ना मतगणना प्रतिनीधि (एजेन्ट) हरुलाई उक्साएर मतगणना बिथोल्न खोजेको आरोप लगाएका छन् । 

काँग्रेसको मत अधिक र आफ्नो मत कम देखिन थालेपछि अरगरियाले “म हार्दैछु, त्यो अनुमान गर्न पुगेर आफ्ना काउन्टिँग एजेन्टहरुलाई मतगणना बहिष्कार गर्न निर्देशन दिँदै त्यहाँबाट निस्केका थिए ।”– झाले लेखेका छन् । 

मतगणनास्थलभन्दा आफू समेत बाहिर रहेको अवस्थामा काँग्रेसका उम्मेदवार रामकृष्ण यादवले समेत आफूलाई सो घटनाबारे जानकारी गराएको उल्लेख गर्दै उनले अरगरियाले आफ्नो भोँट चोरी भएको आरोप समेत लगाउँदै पुनः मतगणनाको माग गरेका थिए । त्यतिबेला एमाले बाहेक अन्य सबै दलका प्रतिनीधिहरु मतगणनामै बसेपछि अन्तिम मतपरिणाममा सबैले सबैको रोहबरमा हस्ताक्षर गरेको बताएका छन् । 

मतगणना स्थलमा मतगणना गर्ने कर्मचारी, अधिकृत र मतगणना सुन्ने टिप्ने उम्मेदवारका प्रतिनीधिबीच तारजाली लगाईएको बताउँदै उनको मत चोरी हुने कुनै सम्भावना नै नरहेको बताएका छन् । सबै दलको प्रतिनीधि उपस्थिति र सिसिटिभीको निगरानी रहेको थियो । 

अरगरियाले रातीदेखि नै पुनः मतगणनाको माग गर्न थाल्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन जाँदा मागलाई अस्विकृत गर्दै अन्तिम परिणामलाई निरन्तरता दिएको उल्लेख उनले गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् – “एमाले को थप जिकिर आयो कि मेरो प्रत्यक्ष तर्फको मत समानुपातिक बाकसमा खसेक‍ो थियो , जो गन्ती भएन , यसबारे सुरुमै सर्वदलिय बैठकमा सर्वसम्मतिद्वारा निर्णय गरिएको थियो कि, उपयुक्त बाकसको मत अन्य बाकसमा खसेकोमा बदर मानिनेछ ,र फेरि एकै उम्मेदबारको मत त्यस्तो नभई ,सबैको त्यस्तो मत  बदरको निर्णय  निर्देशिकाको ब्यबस्था अनुसार गर्नै पर्ने थियो ।”

“एमालेका उमाशंकर जी म माथीआरोप लगाइ राख्नु भएको छ कि, झा जी नेकाँ लाई सधाउनुभो” मैले निर्देशिकाको ब्यबस्था र सहमति भन्दा फरक जान सक्दैन थिऐँ, वहाँ को अनुचित बखेडा मा म कसरी साथ दिन सक्दथेऐँ ? म ने काँ संग मैत्री पुर्ण प्रतिस्पर्धा मा थिए ,मेर‍‍ो स्वभाविक उदेश्य थियो म आफै जीत्ने , यदि आफू जित्न न सके , गठबंधन को उम्मेद्वार जितोस , तर  अनुचित तवरले नभै स्वभाविक ढंगले ह‍ोस । उमाशंकर जी को अरण्यरोदन को कुनै अर्थ छैन ,  परिणाम घोषित भैसकेको अबस्थामा अदालत वाहेक अरु कसैले यसलाई उल्टाउन सक्दैन , यदि आफू धांधली गरेर मात्र हारें , नत्र जीतेकै थिऐँ , भन्ने भान पार्न खोजिदै हुनुहुन्छ भने गर्नुस ,यतिले पुगेन भने अझै गर्नुस , तर झूठो ढकोसला को कुनै अर्थ छैन'

  • 33%
  • 6%
  • 22%
  • 0%
  • 0%
  • 0%

सयौँ समाजको बीचमा 'सामा' माथि सामुहिक बलात्कार !

  • २०७९ मङ्सिर १५ बिहीबार

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । तर, विगत केही बर्षदेखि यो पर्वको नाममा विकृति मौलाउँदै गएको अवस्था कसैसँग लुकेको छैनन् ।  झन यस

पूरा पढ्नुहोस्

Bureau Menus